हतियार सहित दाजुभाइ गिरफ्तार

बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ । चुनावको लागि खटिएको प्रहरीको बिशेष गस्ती टोलीले वैशाख २५ गते बिहान एक बजे हतियार बनाउँदै गरेको अवस्थामा आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय लमजुङका…

May 8, 2017  
नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट तीन जना घाइते भएको अनेरास्ववियुको आरोप

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ । आक्रमणबाट अनेरास्ववियुका कार्यकर्ता धनगढीका २२ वर्वीय प्रयास अधिकारी, चितवनका २२ वर्षीय सुजन सुवेदी र काठमाडौँका २३ वर्षीय सुरज गौतम घाइते भएका छन् । घाइते तीनै…

March 28, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया मञ्जु बिकलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । आरोपित कृष्णकी जेठी पत्नी २५ वर्षीया बसन्त कुमालले चैत १ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको…

March 16, 2017  
बैठक कक्षमा क्याम्पस प्रमुख र लेखापालमाथि आक्रमण

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व सचिव एवम् सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष ४२ वर्षीय उत्तम गुरुङले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । नेविसङ्घ र अनेरास्ववियुबिचको झडपको विषयलाइ लिएर…

February 28, 2017  
दुई विद्यार्थी सङ्गठन बीच झडप, एक घाइते, १५ लाख बराबरको क्षति

सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५ लाख रुपियाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । विवादको कारण स्पष्ट नदेखिएपनि आउँदै गरेको स्ववियु चुनावको विषयमा झडप भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए…

January 31, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । मियाँकी जेठी पत्नी ३८ वर्षीया जमिला मियाँले मङ्सिर १८ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर कमलबहादुर रजौरेले बताए । घरमा आफू हुँदाहुँदै…

December 5, 2016  
अत्यावश्यक औषधि नपाउँदा एचआइभी सङ्क्रमितहरू जोखिममा

जिल्लामा रहेका एचआइभी सङ्क्रमितले खर्च अभावका कारण अत्यावश्यक औषधि एन्टीरेट्रो भाईरल (एआरभी) नामक औषधि नपाउँदा ज्यान जोखिममा परेको बताएका छन् । औषधी नपाउँदा जिल्लामा रहेका एचआइभी सङ्क्रमित समस्यामा परेको एचआइभी सङ्क्रमित लमजुङ सहयोगी सङ्घका अध्यक्ष साधुराम पण्डितले बताए । पण्डितले एचआइभी सङ्क्रमित एआरभी लिनको लागि पोखरा जानुपर्ने हुँदा खर्च बढ्न…

December 3, 2016  
निशुल्क पाइने औषधिको शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा

बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन् । निशुल्क पाइने औषाधिहरू अस्पतालले शुल्क लिएर विक्री गरेका कारण सेवाग्राही आक्रोशित बनेपछि अस्पताल विवादित बनेको छ । सोमबार औषधि लिन गएका चिती-५ का बेदराज खनियाले 'सेपट्याक्जन सुइ' निशुल्क प्रदान…

November 28, 2016  
९२ वर्षीया वृद्धा दुई वर्षदेखि खोरमा

बाझाँखेत गाविस-८ की ९२ वर्षीया बिवा सार्कीलाई उनका परिवारले दुई वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । घरमा छोरा छोरी र बुहारीहरू भएता पनि बिवा सार्कीलाई घर भन्दा ५० मिटर पर भेडा बाख्रा थुन्ने खोरमा राखेको पाइएको हो । विगत दुई वर्षदेखि खोरमा थुनिएकी बिवाको मानसिक अवस्था ठिक नभएकोले बाध्यताले…

October 18, 2016  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट गिरफ्तार गरेको छ । भदौ २ गतेबाट छोरी हराएको भन्दै भदौ १६ गते पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । हराएकी छोरी अचानक पोखरामा फेला परेपछि घटनाबारे थाहा पाएको…

September 6, 2016