बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए…

June 11, 2018  
कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव

राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र  अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार सम्मेलनमा जनाइयो छ । कार्यालयले ०७४ साल चैत ३० गते आयोजना गरेको सार्वजनिक कार्यक्रमपछि खाजा खाने क्रममा दलितले खाजा छोएको…

April 22, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

April 19, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बावुलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए ।…

April 5, 2018  
अस्पतालमा आइसियू सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा अत्यावश्यक आइसियू सेवा नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आइसियू सेवा आवश्यक परेको भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन । आइसियू सेवा नहुँदा बिरामीहरू सो सेवा लिनका लागि काठमाडौँ वा पोखरासम्म पुग्नु पर्ने अवस्था रहेको बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । गम्भीर प्रकृतिका…

March 9, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा-८ बस्ने २८ वर्षीय यमबहादुर गुरुङ र कान्छी पत्नी १७ वर्षीया बालिकालाई असोज २० गते सोही ठाउँबाट गिरफ्तार गरेको छ । गुरुङकी १९ वर्षीया जेठी पत्नी मिनु तामाङ (गुरुङ)ले असोज १९ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आरोपितद्वयले…

October 6, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका-४ का २८ वर्षीय विर्षाज गुरूङ र सोही ठाउँ बस्ने कान्छी पत्नी २१ वर्षीया शिला गुरूङलाई असोज ६ गते गिरफ्तार गरेको छ । आरोपितकी जेठी पत्नी २७ वर्षीया टेकमायाँ गुरूङले असोज ६ गते दिएको उजुरीको आधारमा आरोपितद्धयलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घरमा दुई…

September 24, 2017  
लमजुङ कारागारका कैदीबन्दीका गुनासैगुनासा !

जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले आफूहरूले उत्पादन गरेको मुडाको विक्री वितरणमा समस्या नभएपनि जुत्ता बेच्न धौधौ परेको बताएका थिए । बन्दी जीवन बिताइरहेका ३२ वर्षीय राजु परियारले कारागार भित्रै जुत्ता बनाउने गरेको भएपनि उत्पादित जुत्ता…

May 23, 2017  
हतियार सहित दाजुभाइ गिरफ्तार

बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ । चुनावको लागि खटिएको प्रहरीको बिशेष गस्ती टोलीले वैशाख २५ गते बिहान एक बजे हतियार बनाउँदै गरेको अवस्थामा आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय लमजुङका…

May 8, 2017  
नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट तीन जना घाइते भएको अनेरास्ववियुको आरोप

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ । आक्रमणबाट अनेरास्ववियुका कार्यकर्ता धनगढीका २२ वर्वीय प्रयास अधिकारी, चितवनका २२ वर्षीय सुजन सुवेदी र काठमाडौँका २३ वर्षीय सुरज गौतम घाइते भएका छन् । घाइते तीनै…

March 28, 2017