कुटपिट गरेको आरोपमा पति गिरफ्तार

सुन्दरबजार नगरपालिका–४ की ४९ वर्षीया ४९ वर्षीय रामेश्वरी खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति बुद्धराज खनियालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले भदौ ४ गते जिल्ला प्रशासन कार्यलयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए । पीडितलाई…

August 25, 2018  
इन्सेकको पहलमा ५८ वर्षीया शान्ताले नागरिकता पाइन्

बेसिशहर नगरपालिका–३ की शान्ता परियारले ५८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् । इन्सेकको पहलमा उनले नागरिकता प्राप्त गरेकी हुन् । २५ वर्ष पहिले ठेगाना नखुलेका ६० वर्षीय शन्तकुमार श्रेष्ठसँग प्रेम विवाह गरेकी शान्ताले नागरिकता बनाइदिन माग गरेपछि १० वर्षदेखि पति फरार रहेका थिए । शान्ताका दुई…

August 19, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसिशहर नपा-८ बस्ने २५ वर्षीय हरि दुरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मदिरा सेवन गरी साउन २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई…

August 13, 2018  
तीन दिनको शिशु हत्या गरेको आरोपमा आमा गिरफ्तार

तीन दिनको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दुधपोखरी गाउँपालिका–२ की ४५ वर्षीया विष्णुमाया परियारलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित नवजात शिशुलाई आरोपितले साउन १८ गते बोरामा बेरी शौचालयमा फाल्दै गर्दा उनका ६१ वर्षिय पति जितबहादुर परियारले थाहा पाएर प्रहरीमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरिएको…

August 5, 2018  
विद्यार्थी आन्दोलनका कारण एक सातादेखि पठनपाठन बन्द

विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ । क्याम्पस प्रशासनसँग व्यवस्थित छात्राबास, शुद्ध खानेपानी र प्रविधिमैत्री क्याम्पसको माग गर्दै नेकपा र नेपाली कङ्ग्रेस निकट विद्यार्थीहरूले संयुक्त रूपमा आन्दोलन गरेको नेकपा निकट विद्यार्थी नेता शिशिर सिंह बोहराले बताए । विद्यार्थीले उठाएको…

July 24, 2018  
दलित भएकै कारणले जागिरबाट निकालिएको भन्दै सहयोगको याचना

राइनास नपा-६ की २३ वर्षीया अप्सरा नेपालीले आफू दलित भएको कारणले जागिरबाट निकालिएको बताएकी छिन् । दलित भएका कारण सो नपामा रहेको स्वास्थ्यचौकीको कार्यालय सहयोगीको पदमा आफूलाई म्याद थप नगरिएको दावी गर्दै पीडितले असार ३१ गते दलित सेवा सङ्घ जिल्ला शाखा र इन्सेक लमजुङलाई न्यायका लागि सहयोग गर्न आग्रह गर्दै…

July 17, 2018  
प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ

प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण जिल्लाका १३ हजार २ सय ७२ घरधुरी पुर्ण क्षति भएका थिए । जिल्लामा ४० जना बढी प्राविधिकको आवश्यकता रहेकामा २५ जनामात्रै कार्यरत छन् । ०७५…

July 12, 2018  
बलात्कार प्रयासका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बेशीशहर नगरपालिका-३ का ३५ वर्षीय खुशु भुजेलविरूद्ध प्रहरी कार्यलयमा असार १५ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कारको प्रयास गरेको उजुरीमा खुलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादव ढकालले बताए । पीडित महिलालाई आरोपितले बलात्कारको प्रयास गर्न खोज्दा…

June 30, 2018  
गरिबीका कारण २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर

भौगोलिक विकटता, गरिबी र विद्यार्थी भर्ना अभियान प्रभावकारी नहुँदा लमजुङका २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कले जनाएको छ । सरकारले वैशाख महिनाभर विद्यालय भर्ना अभियान चलाएपनि २ सय ५० जना दलित बालबालिका र २ सय २५ अन्य समुदायको बालबालिका गरी ४…

June 14, 2018  
बालरोग विशेषज्ञ डक्टर नहुँदा उपचारमा समस्या

जिल्ला सामुदायिक अस्पतालमा बालरोग विशेषज्ञ डक्टर नहुँदा जिल्लामा रहेका बिरामी बालबालिकाको उपचारमा समस्या भएको छ । गर्मी मौसममा बालबालिका बढी बिरामी हुने गरेको भएपनि बालरोग विशेषज्ञ डक्टर नभएका कारण बिरामीलाई उपचारका लागि काठमाडौँ र पोखरा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ । बेसीशहर नपा-३ बस्ने सन्तुमाया दुलालले बालरोग विशेषज्ञ नभएका कारण…

June 13, 2018