जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव

बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको चारपाँच दिन त पानीको हाहाकार नै भएको थियो । पानीको अभावले बिरामीहरुलाई समस्या परेको श्रेष्ठको भनाइ छ । अस्पतालमा हाल ज्वरो, रुघाखोकी, सुत्केरी, निमोनिया जस्ता बिरामीहरू, बालबालिका र ज्येष्ठ नागरिकहरू…

December 12, 2019  
दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार

बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन् । मङ्सिर २५ गतेको विवाह कार्यक्रममा स्थानीयवासी गैरदलितलाई पनि निम्तो दिएकोे र सबैलाई एउटै भान्छा प्रयोग भएको भन्दै गैरदलितहरू भतेर नखाई फर्किएको बेहुलीकी ५५ वर्षीया फुपू फुलमाया बिकले आरोप लगाउनुभयो…

December 12, 2019  
कर्मचारी अभावमा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

चार महिनादेखि दुधपोखरी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नहुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालका अनुसार २३ जना कर्मचारीको दरवन्दी आवश्यक पर्नेमा हाल चार जनाले मात्र काम गर्नाले पर्याप्त सेवा प्रदान गर्न सकिएको छैन । समायोजनमा दुर्गम भनेर कर्मचारीले नरोजेकाले अहिले समस्या भएको प्रमुख…

December 10, 2019  
अपाङ्गता भएका व्यक्तिहरू परिचय पत्रविहीन !

बेसीशहर नगरपालिकामा अपाङ्गता भएकाहरूले अझैसम्म अपाङ्गता परिचय पत्र नपाएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय सदस्य चन्द्रकान्त पौडेलले बताउनुभएको छ । उहाँका अनुसार बेसीशहर नगरपालिकामा अपाङगताको सङ्ख्या ४ सय ५० रहेको र त्यस मध्ये १ सय १५ जनाले मात्र अपाङ्गता परिचय पत्र पाएकोे बताउनुभएको हो । परिचय…

December 5, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको…

November 13, 2019  
बलात्कार घटनामा पीडितलाई न्याय दिन प्रहरीले चासो नदिएको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राइनास नपा–५ बस्ने १८ वर्षीय सञ्जित कुमालविरूद्ध जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको लामो समय भइसक्दा पनि प्रहरीले सो घटनामा प्रक्रिया अगाडि बढाउन कुनै चासो नदिएको पीडित पक्षले गुनासो गरेका छन् । घटना असोज २२ गते भएपछि पीडित पक्षले असोज २६ गते…

November 13, 2019  
तीन महिनादेखि शिक्षक नियमित नहुँदा पढाइ प्रभावित

बेसीशहर नगरपालिका–१० स्थित श्रीकण्ठ प्राथमिक विद्यालयमा शिक्षक नियमित नहुँदा यहाँ पढ्ने १० जना विद्यार्थीहरू पढ्नबाट वञ्चित भएका छन् । कक्ष १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन महिनादेखि शिक्षक विद्यालय उपस्थित नभएको बेसीशहर नगरपाकिा–१० का वडाध्यक्ष पुर्णबहादुर थापाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर तामाङले दुई महिना…

November 11, 2019  
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको स्वास्थ्य परीक्षणमा समस्या

एक महिना देखि जिल्ला कारागार, लमजुङमा स्वस्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदी बन्दीहरूलाई स्वास्थ्यय परिक्षण तथा उपचारमा समस्या भएको छ । कारागारमा एकजना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा कर्मचारी समायोजनको कारणले सरूवा भई कर्मचारी गएपछि आउने कर्मचारी नआउँदा कारागरमा समस्या भएको कारागार प्रमुख विष्णु पौडेलले बताए । कारागारमा कार्यरत हेल्थ असिष्टेण्ट मनिषा…

October 29, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङदी गाउँपालिका-५ बस्ने २२ वर्षीय धनराशी बिकलाई कात्तिक ४ गते मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

October 24, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङदी गाउँपालिका–५ बस्ने २२ वर्षीय धनराशी विकलाई कात्तिक ४ गते मस्र्याङ्दी गाउँपालिकाको खुदीबजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएका थिए ।…

October 24, 2019