बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नपा –९ का १८ वर्षीय शङ्कर विकलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७६ कात्तिक १० गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २५ गते बेसीशहर नगरपालिकाको न्याय समितिमा उजुरी दिएको न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले बताउनुभयो । घटनापछि…
पीडितलाई पुनःस्थापनाको लागि इन्सेकद्वारा सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले १३ वर्षीया सुत्केरी बालिकालाई पुनःस्थापना गर्न १० हजार रुपियाँको आर्थिक सहयोग गरेको छ । ०७६ कत्तिक १० गते भएको बलात्कार घटनापछि गर्भवती भएकी बालिकाले जेठ २७ गते भरतपुरमा शिशुलाई जन्म दिएकी थिइन् । हाड नाता बलात्कारबाट जन्मेको शिशुलाई गाउँलेहरूले घरमा जान नदिएपछि…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नपा–९ का १८ वर्षीय शंकर विकविरुद्ध पीडित पक्षले जेठ २५ गते बेसीशहर नगरपालिकाको न्याय समितिमा उजुरी दिएको न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले बताउनुभयो । आरोपितले ०७६ कात्तिक १० गते बलात्कार गरेपछि पीडितलाई धम्काएको हुनाले घटनाको जानकारी नभएको र पीडित गर्भवति भएपछि घटना बाहिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यनेपाल नपां–६ का २५ वर्षीय सोनाम दुरा धिङ्दाललाई गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यलयमा वैशाख २९ गते मौखिक उजुरी दिएका थिए । आरोपित घटनापछि भागेर दमौलीमा लुकेर बसेको…
प्रहरीको कुटपिटबाट घाइते गुरुङ अस्पतालमा भर्ना
दुधपोखरी गाउँपालिका वडा नं ८ निवासी ६६ वर्षीय बेलप्रसाद गुरुङलाई बिचौर इलाका प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाएपछि उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । पीडितलाई इलाका प्रहरी कार्यलयले चार दिनसम्म कुटपिट गरेको पीडितकी छोरी स्नेह गुरुङले बताउनभयो । प्रहरीको कुटपिटबाट शरीर भरि निलडाम भएको उपचारमा संलग्न हाडजोर्नी…
सरकारको महामारी सम्बन्धी आफ्नो कानून नहुनाले स्थानीय स्तरमा समस्या
विश्वमा फैलिएको कोभिड—१९ भाइरसको कारण विश्व आतंकित भएको यो परिप्रेक्ष्यमा नेपाल सरकारको महामारी सम्बन्धी आफ्नो कानून नहुँदा स्थानीय सरकारलाई समस्या भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नेपाल संघिय सरकारले कानून बिना नै निर्देशन दिएकोले सरकारको निर्देशन पालना गर्दा सेवाग्राही मर्कामा परेको वरिष्ठ अधिवक्ता एवं नगरपालिकाका प्रमुख अर्यालको भनाइ…
इजालस कक्ष नहुँदा न्याय सम्पादन प्रभावित
लमजुङ जिल्लाको पालिकाहरुमा भएको न्याय समितिको आफ्नो इजालस कक्ष नहुँदा न्याय सम्पादनमा असर परेको न्याय समितिका संयोजकहरुको गुनासो छ । जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपलिका गरि जम्मा आठ ओटा पालिकाहरु मध्ये कुनैमा पनि आफ्नो इजालस कक्ष छैन । बेसीशहर नगरपालिका स्थित न्याय समितिका संयोजक लक्ष्मी अधिकारीका अनुसार भवन…
बलात्कार प्रयासको कसुरमा डेढ वर्ष कैद सजायको फैसला
मर्स्याङ्दी गाउँपलिका—३ निवासी ३५ वर्षीय खुशीमान गुरुङलाई १९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश हरिचन्द्र ढुङ्गानाको ०७६ फागुन २८ गतेको इजालसले डेढ वर्षको कैद सजायका साथ ३५ हजार क्षतिपूर्ति भराउने र १५ हजार जरिवाना समेतको फैसला गरेको छ । आरोपितले ०७६ जेठ १५ गते बलात्कार प्रयास गरेको…
चार महिना देखि कार्यपालिका बैठक नबस्दा सेवाग्राही मर्कामा
राइनास नगरपालिकामा चार महिना देखि कार्यपालिकाको बैठक नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीको सरुवाको माग गर्दै नेपाली काँग्रेस निकट जनप्रतिनिधीले कार्यपालिका बैठक बस्न नदिएको राइनास नपा—४ का वडाध्यक्ष माधव पराजुलीले बताउनुभयो । नगरपालिकाबाट हुने सबै सेवाबाट केहि समयको लागि स्थगन गरिएको आन्दोलनकारी जनप्रतिनिधी राइनास…
कथित बोक्सीको आरोप लगाउने विरुद्ध न्याय समितिमा उजुरी
बेसीशहर नपा—३ निवासी ३५ वर्षीया ख्यालमायाँ राना मगर विरुद्ध सोही ठाउँ निवासी ३२ वर्षीया निर्मला लामाले कथित बोक्सीको आरोप लगाएको भनि न्याय समितिमा उजुरी दिनुभएको छ । सामान्य भनाभनको क्रममा ०७६ फागुन २६ गते कथित बोक्सीको आरोप लगाएको भनि निर्मलाले ख्यालमायाँ विरुद्ध ०७६ फागुन २७ गते बेसीशहर नपा—३ का वडाध्यक्ष…