प्रहरी र सर्वसाधारणबिच झडप हुँदा तीन जना घाइते
उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर सहित ३ जना घाइते भएका छन । घाइते हुनेमा प्रहरी इन्स्पेक्टर २८ वर्षीय ओमबहादुर पुन, प्रहरी हवल्दार ३८ वर्षीय प्रेमबहादुर थापा र बेसीशहर नगरपालिका–८ का ४१ बर्षीय शंकर न्यौपाने रहेका…
अज्ञात पक्षद्वारा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा आगजनी
बेसीशहर नगरपालिका–३ स्थित धुपीचौरका सुर्यप्रसाद बराल र भोजप्रसाद बरालको एउटा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा अज्ञात पक्षले आगजनी गरेको छ । पार्किङ गरी राखेको ग८प ९३३५, ग५प २७४४ को मोटरसाइकल र ग१ख २४७२ नम्बर को माइक्रोबसमा पुस १३ गते राति करीब १ बजे आगो लागेको थियो । आगोका कारण मोटरसाइकल…
मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस ८ गते बेसीशहरमा सम्पन्न भएको छ । विगतका वर्षहरूमा झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रम जिल्लामा महिला माथि यौन दुर्व्यवहार र घरेलु हिंसाका…
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा गैरसरकारी महासङ्घ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराईले कार्यपत्र प्रस्तुत…
प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्जसहित ६ जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लमजुङ इञ्चार्जसहित ६ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले दोर्दी गाउँपालिका–८ स्थित खिन्चोकबेसीबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–२ घर भएका जिल्ला इञ्चार्ज ४२ वर्षीय जङ्गबहादुर भण्डारी (आक्रोश) दोर्दी गाउँपालिका–७ निवासी ४६ वर्षीय जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ…
स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि अभाव हुँदा बिरामीलाई समस्या
दुधपोखरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि सरकारले वितरण गर्ने निःशुल्क औषधिहरू अभाव हुँदा बिरामीलाई समस्या भएको छ । दैनिक डेढ सय देखि दुई सय जना बिरामीलाई सेवा दिने उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिहरू अभाव हुँदा सेवाग्राहीलाई बिना औषधि फर्काउनु परेको दुधपोखरी गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर दिपक…
कोभिड–१९ ले गर्दा न्याय समितिको काम ठप्पहुँदा सेवाग्राही मर्कामा
सुन्दरबजार नगरपालिकाको न्याय समितिको काम कोभिड–१९ का कारण ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ । कोभिड–१९ सङ्क्रमणको डर र त्रासले मुद्दाहरु कार्यान्वयन गर्न असजिलो भएको न्याय समितिका संयोजक ज्ञानु शाहले बताउनुभयो । सुन्दर बजार नगरपालिकाको न्याय समितिमा आर्थिक वर्ष ०७५/०७६ मा २३ ओटा मुद्दाको सुनुवाई भएको थियो भने आर्थिक वर्ष…
अस्पतालमा बेड अभावहुँदा सेवाग्राही मर्कामा
जिल्ला सामुदायिक अस्पताललाई कोभिड– १९ सङक्रमितहरूको लागि आइसोलेशन बनाएपछि अस्पतालमा दैनिक रूपमा आउने सेवाग्राही मर्कामा परेका छन् । दैनिक रुपमा २ सय जनालाई स्वास्थ्य सेवा दिने अस्पतालमा भर्ना भएर नै उपचार गराउनुपर्ने २० जना बिरामीलाई हाल बेड अभावका कारण जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरबजार नगरपालिका–७ निवासी ५८ वर्षीय सुब्बा भन्ने राम्जी भुजेललाई असोज ५ गिरफ्तार गरेको छ । पीडितले आरोपितलाई ०७७ भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७७ असोज ५ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका थियो । पीडितलाई आरोपितले डरधम्की देखाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक ११ वर्षीया र दुई जना नौ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वालोसोथार गाउँपालिका–३ का ४३ वर्षीय नन्दमान गुरुङलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई आरोपितले ०७७ भदौ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा भदौ १९ गते उजुरी दिएको जिल्ला प्रहरी…