आमालाई कुटपिट गर्दै घरमा आगो लगाउँदा सडकको बास !

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका २३ वर्षीय एकेन्द्र भण्डारीले आफ्नी आमालाई कुटपिट गर्नुका साथै आफ्नै घरमा आगो लगाउँदा सडकको बास भएको छ । यसअघि पनि मदिरा सेवन गर्दै आमालाई कुटपिट गर्ने गरेका भण्डारीले पुस ४ गते आफ्नै घरमा आगो लगाएका हुन् । ४८ वर्षीया आमा टिका भण्डारीसँग पटकपटक पैसा माग्ने र…

December 21, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय बाबुराम सुनारलाई पुस ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस ४ गते यौन दुर्व्यवहार गरेको पीडितले पुस ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् । घटनाका आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी…

December 21, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धौलागिरी गाउँपालिका-७ का २५ वर्षीय विपीन केसीलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाका आफन्तले पुस ३ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपित…

December 20, 2018  
बालगृहको भवन जीर्ण हुँदा आश्रित बालबालिका जोखिममा

बेनीबजारमा रहेको जिल्ला बालगृहको भवन जीर्ण बन्दा त्यहाँ आश्रय लिएर बसेका बालबालिकाहरू जोखिम रूपमा दैनिकी बिताइरहेका छन् । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहको भवन मर्मतका लागि पहल नगरिँदा भवन जीर्ण बन्दै गएको छ । सो भवन २०७२ को भूकम्पको धक्काका कारण पनि थप कमजोर बनेको हो । दिउँसो विद्यालय पढ्न…

November 28, 2018  
सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएका व्यक्तिहरूको फोटो प्रदर्शनी

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ । अपाङ्ग सङ्घ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरूको फोटो प्रदर्शनी गरिएको हो । विस्तृत शान्ति सम्झौता भएको…

November 22, 2018  
चलचित्र र सिरियलका प्रभावले बालविवाहः सरोकारवाला

पछिल्लो समय म्याग्दीमा बालविवाह बढ्नुको कारण चलचित्र र सिरियलको प्रभाव रहेको निश्कर्ष म्याग्दीमा आयोजित मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बताइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले चलचित्रको पर्दामा देखिने कहानीको प्रभाव बढ्दो भएका कारणले गर्दा धेरै बालविवाह तथा बहुविवाहका घटनाहरू आउने गरेको बताएका…

November 17, 2018  
विषय शिक्षक मागेको आरोपमा विद्यार्थी निष्काशित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा सञ्चालित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिले एक महिनाका लागि निष्काशन गर्ने निर्णय गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व…

October 3, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका २१ वर्षीय गोविन्द पुनलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १५ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले…

October 2, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

आठ देखि १२ वर्ष उमेर समूहका सात जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेनी नपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षक ५३ वर्षीय यामबहादुर जिसीलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई आरोपितले यौन दुर्व्यवहार गर्ने गरेको घटना असोज ३ गते सार्वजनिक भएको थियो । यससम्बन्धी समाचार…

October 2, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीसम्म उजुरी पुगेन

म्याग्दीको बेनी नपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । यस्तो गम्भीर घटनालाई ढाकछोप गर्दै सर्वपक्षीय भेला राखी आरोपितलाई सरूवाको सहमति दिने निर्णय गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षक यामबहादुर जिसीले सो विद्यालयमा आधारभुत तहमा अध्ययनरत सात जना छात्रामाथि पछिल्लो पटक…

September 21, 2018