बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रघुगंगा गाउँपालिका–३, पिप्लेका ४० वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ११ गते राति घरमा सुति रहेको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १२ गते उजुरी दिएको आधारमा प्रहरीले आरोपितलाई सोहि दिन गिरफ्तार गरेको जिल्ला प्रहरी…

May 26, 2020  
प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले वैशाख २ गते साँझ गिरफ्तार गरेको छ । केदारसिउ गाउँपालिका–४ बझाङ घर भएका कास्की जिल्ला पूर्व सेक्रेटरी ३३ वर्षीय लोकेन्द्र विश्वकर्मा र सिरानचोक गाउँपालिका–३ गोरखा घर भएका गोरखा जिल्ला सदस्य ४३ वर्षीय चिनकाजी विकलाई…

April 16, 2020  
इन्सेक र प्रहरीको सहकार्यमा स्वयंसेवक प्रशिक्षण

विश्वभर महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसको प्रकोप रोकथाम र उद्धारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा स्वयंसेवकलाई  तालिम दिइएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र म्याग्दीबाट प्रकाशन हुने रुप्से दैनिक को सहकार्यमा आयोजित स्वयंसेवक प्रशिक्षण कार्यक्रममा नेपाली…

March 24, 2020  
अज्ञात पक्षद्वारा एक्जाभेटर र जेसिभीमा आगजनी

मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ । क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसिभी र पिसि २१० को बा २ क ९२१० नम्बरको एक्जाभेटर आगजनीबाट पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताउनुभयो ।…

March 16, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जिल्ला सदस्य मालिका गाउँपालिका–१ निस्कोटका २७ वर्षीय पतन बहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । पुनलाई उहाँकै घरबाट २०७६ फागुन १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर चौधरीले बताउनुभयो । निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई डर देखाएर चन्दा माग गरेको विषयमा केन्द्रित…

March 2, 2020  
प्रतिबन्धित नेकपाकाे म्याग्दी जनपरिषद प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जनपरिषद प्रमुख मालिका गाउँपालिका–३, आदिवागका ५६ वर्षीय जगेन्द्रबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । जगेन्द्रलाई उहाँकै घरबाट ०७६ फागुन ०९ गते राति ईलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारी नेतृत्वको टोलीले  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले बताउनुभयो । जिल्ला प्रहरी…

February 24, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई अश्लिल तस्वीर र म्यासेज पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा अन्नपुर्ण गाउँपालिका–६ घारका खिमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । पटकपटक सामाजिक सञ्जाल फेसबुकमा अश्लिल तस्वीर र म्यासेज पठाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले २०७६ फागुन ४ गते साँझ ५२ वर्षीय खड्कालाई गिरफ्तार गरेको…

February 17, 2020  
बलात्कार गरेको कसुरमा १२ वर्ष १ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत म्याग्दीले माघ २१ गते १२ वर्ष १ महिना कैदको फैसला गरेको छ । पीडित बालिकालाई आरोपितले बेनीको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौँमा ०७६…

February 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ बाट गिरफ्तार गरेको छ । अन्नपुर्ण गाउँपालिका–६ मा डोजर चालकको काम गर्ने पुनले ७ महिना अगाडी बलात्कार गरेको भन्दै बालिकाका आफन्तले ०७६ माघ ७ गते दिएको मौखिक उजुरीका आधारमा…

January 22, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त श्रवण भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला…

January 19, 2020