अज्ञात पक्षद्वारा तीनओटा एक्जाभेटरमा आगजनी
बेनी नपा-५, चुत्रेनीमा रहेको जि.सी. क्रसर उद्योगको तीनओटा एक्जाभेटरमा अज्ञात पक्षले भदौ २५ गते राति आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट बा १ क ८१२१, बा १ क ८१२२ र बा १ क ८११८ नम्बरका एक्जाभेटरमा पुर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले बताए । निर्माण…
विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राही मर्कामा
सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । अप्रेशन लगायतका सुविधाहरू बेनीमै उपलब्ध गराउन सकिने भौतिक पूर्वाधार तथा आधुनिक सामग्री सम्पन्न अस्पताल हुँदाहुँदै पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सुविधा लिन नपाएको गुनासो गरेका छन् । अस्पतालमा रहेको आठ विशेषज्ञ डाक्टर तथा…
वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार
बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । साउन ३० गते दिउँसो वडा कार्यालयमा काम गरेर बसिरहेको अवस्थामा थापालाई मोसो दलिएको खबर आएपछि घटनामा संलग्नहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका…
प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी इन्चार्ज सानोभेरी गाउँपालिका-२ रुकुमका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नपा-३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । दुवैजनालाई प्रहरीले बेनी नपा-३ बाट गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका…
स्वास्थ बीमा कार्यक्रमः तोकिएको सेवा पाउनै कठिन
नेपालको संविधानको धारा ३५ को उपधारा १ मा सबै नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ । सोही धाराको उपधारा ३ मा सबैलाई स्वास्थ्य सेवामा समान पहुँच रहने भनिएको छ । सबै नागरिकको स्वास्थ्यको हकलाई अझै मजबुत बनाउनका लागि भनेर सुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ बुर्तिवाङ नगरपालिका–२ का १८ वर्षीय रमेश घर्ती मगरलाईसाउन २ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ बाट घर्तीलाई गिरफ्तार गरीएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते जोमसोम अस्पताल मुस्ताङमा…
कुटपिट घटनाका आरोपित गिरफ्तार
मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २९ गते राति ११ बजे सुतिरहेको अवस्थामा एक्कासी आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए । पीडितलाई उपचारका लागि जिल्ला…
उत्पादित सामग्रीले बजार नपाउँदा कैदीबन्दी चिन्तित
यसै साता जिल्ला कारागार, म्याग्दीमा पुग्दा उत्तरी अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका चन्द्रबहादुर रन्तिजा पलङ निर्माणमा जुटिरहेका थिए । उनीसँगै एकजना सहयोगी पनि सोही काममा व्यस्त थिए । पलङ तयार पारेर विक्री गरेपछि आम्दानी हुने कुराले उनको मन उत्साहित थियो । पलङलगायतका काठका सामग्री उत्पादन गर्ने रन्तिजाले मासिक रूपमा नियमित अर्डर आएको…
जिल्लामा बालविवाह जटिल समस्या, प्रहरीमा उजुरी एक मात्र !
म्याग्दी जिल्लामा बालविवाह निकै जटिल समस्याको रूपमा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा आयोजित कार्यक्रममा बताइएको छ । इन्सेक जिल्ला कार्यालय म्याग्दीको आयोजनामा बेनीमा आयोजित मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा मानव अधिकार अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले म्याग्दी जिल्लामा बालविवाहको समस्याको…
ग्रामीण क्षेत्रमा अत्यावश्यक औषधि अभाव
म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यावश्यक औषधिको अभाव भएको स्थानीयले जनाएका छन् । पछिल्लो दुई सातादेखि उत्तरी म्याग्दीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक सिटामोल तथा जीवनजललगायतका औषधिको समेत अभाव देखिएपछि यहाँका सेवाग्राही आक्रोशित भएका छन् । अन्नपुर्ण गाउँपालिका भित्र पर्ने सबै स्वास्थ्य चौकीहरूमा सरकारले निःशुल्क वितरण गर्ने औषधि समेत सकिएको र समयमै खरिद गरेर…