मानव अधिकार वर्ष पुस्तक २०२१ पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते जोमसोममा सम्पन्न भएको छ । विगतका वर्षहरूमा भन्दा अहिले चालु वर्षमा बलात्कार तथा महिला हिंसाका घटना बढ्न थालेको छ । सरकारी वकिल कार्यालय मुस्ताङका सहायक जिल्ला…
स्थानीय तहले ध्यान दिएमा लैङ्गिक हिंसा घट्छ : सांसद थकाली
देशमा बिद्यमान रहेको लैङ्गिक हिंसाको समस्या स्थानीय तहले ध्यान दिएको खण्डमा हट्न सक्ने हिमालपारीको जिल्ला मुस्ताङका प्रदेश सभा सांसद महेन्द्रबहादुर थकालीले बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा मुस्ताङको जोमसोममा आयोजित कार्यक्रममा थकालीले अहिले देशैभर रहेको स्थानीय तहले आफ्नो क्षेत्रभित्र मात्र ध्यान दिएर अगाडि बढेमा हिंसाका घटना कम…
हिमाली जिल्लाको शैक्षिक सत्र अन्यौलमा
कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरुको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु हुने विभिन्न पाँच हिमाली जिल्लाहरुको शैक्षिक सत्रको यस अवधिमा अहिलेसम्म पनि पढाई नहुँदा विद्यार्थी तथा अभिभावकहरुमा अन्यौलता छाएको छ । देशका पाँच ओटा हिमाली…
चिसोमा काँप्दै चौकी कुर्छन् प्रहरीः डिएसपी कार्की
हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङमा जाडोको समयमा पनि प्रहरी चिसोमा काँप्दै आफ्नो जिम्मेवारी बहन गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीले बताउनुभएको छ । उक्त कुरा उहाँले इन्सेक प्रदेश कार्यालय पोखराले जोमसोममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा बताउनु भएको हो । डिएसपी…
इन्सेकको टोलीद्वारा जिल्लास्थित सरोकारवालासँग भेटघाट
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतम, गण्डकी प्रदेश संयोजक शिव खकुरेललगायतको टोलीले मुस्ताङ जिल्लाको मानव अधिकारको विषयमा सरोकारवालासँग भेटघाट तथा छलफल गरेको छ । छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका डिएसपी दानबहादुर कार्कीले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना निकै कम हुने गरेको जानकारी दिए । ‘जिल्लामा अहिले…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा दादु विष्टले मुस्ताङ जिल्लाका ग्रामीण भेगका जनतालाई मानव अधिकार सचेतनाको आवश्यकता रहेको बताए…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोरपझोङ गाउँपालिका-१ चिमाङका ३५ वर्षीय सुनबहादुर बिकलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै आरोपितलाई स्थानीयबासीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाको स्वास्थ परीक्षण माघ २३ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला…
वडा अध्यक्षद्वारा गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ४६ वर्षीया ढिकी गुरुङलाई सोही गाउँपालिका-४, कागबेनीका वडा अध्यक्ष ३४ वर्षीय तेञ्जिङ गुरुङले भदौ १२ गते दिउँसो कार्यकक्षमै हातपात गरेको पीडित पक्षले जानकारी दिएको छ । सो गाउँपालिकामा रहेको एम्बुलेन्सका बारेमा कुराकानी चलिरहँदा आफूमाथि गुरुङले एक्कासी हातपात गरेको पीडितको भनाई छ । सो घटनापछि इलाका प्रहरी…
आचारसंहिता विपरित कार्य गरेको आरोपमा मन्त्री स्थानीयको नियन्त्रणमा
स्थानीय तहको मतदान सुरु हुनु भन्दा ४८ घण्टा पहिलेदेखि सुरु भएको मौन समयमा पनि निर्वाचनको प्रचार प्रसार गरेको आरोपमा वाणिज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानीयले नियन्त्रणमा लिएको बताईएको छ । स्थानीय तहको निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा वाणिज्य मन्त्री सहितको टोलीलाई वैशाख २९ गते…
पर्खाल नहुँदा कैदीहरू कोठाभित्रै बस्न बाध्य
हिमाल पारीको जिल्ला मुस्ताङमा २०३७ सालमा कारागार शाखाको स्थापना भएपनि पछिल्लो पाँच वर्षदेखि मात्र बन्दी तथा कैदीहरू राख्न थालिएको छ । अहिले जोमसोमस्थित कारागारमा ६ जना कैदीहरू रहेका छन् । एक जना महिलासहित ६ जना कैदीहरू कम्पाउण्ड नभएको कारागारमा राखिएकाले उनीहरू कोठा भित्रै खुम्चेर बस्न बाध्य छन् । कारागारका नाइके…