प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ४० वर्षीय गोविन्द केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक ८ गते गिरफ्तार गरेको छ । काठेखोला गाउँपालिका–७ का कार्कीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मालढुङ्गाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।  कार्कीलाई हिरासतमा…

October 26, 2019  
अपहरण घटनाका आरोपित गिरफ्तार

बागलुङको निसिखोला गाउँपालिका–२ वायखोलाकी १० वर्षीया मिनाक्षी कुँवरलाई अपहरण गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नपा–८ बस्ने ३४ वर्षीय अर्जुन कुँवर क्षेत्रीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । आरोपित कात्तिक ४ गते दिनको समयमा जोगीको भेषमा गाउँ छिरेर बालिकालाई अपहरण गरी बुर्तिवाङ ल्याउँदै गर्दा बाटोमै गिरफ्तार गरेको इलाका प्रहरी…

October 22, 2019  
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ । रोल्पाको गङ्गादेवी गाउँपालिका–२ घर भई नेकपा कास्की जिल्ला सेक्रेटरीको रूपमा सक्रिय रहेका ४१ वर्षीय जङ्गबहादुर भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भोजपुर जिल्लाको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारीका कास्की…

October 20, 2019  
प्रतिबन्धित नेकपाका नेतालाई इन्सेक प्रतिनिधिसमेतको रोहबरमा रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गल्कोट इञ्जार्च गल्कोट नपा–११ का २८ वर्षीय सुदर्शन नेपालीले रिहा भए लगत्तै कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय, बागलुङमा पार्टी परित्यागको जानकारी दिएका छन् । नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले असोज १३ गते उनकै गाउँबाट गिरफ्तार गरेको थियो । कात्तिक १ गते जिल्ला प्रशासन…

October 18, 2019  
समाचार लेखेकै कारण पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका कार्यसमिति सदस्य तथा इ–बागलुङ अनलाइनकर्मी ३६ वर्षीय लोकेन्द्र सुनारलाई समाचार लेखेकै कारण असोज ३० गते बिहान अभद्र व्यवहार गर्दै धम्की दिइएको पीडितले आरोप लगाएका छन् । बागलुङको बुर्तिवाङमा जारी प्रथम मेयर कप गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलामा ‘खेलको नाममा पैसा लुट्नेको बिगबिगी’ शीर्षकमा असोज…

October 17, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बन्धक बनाई पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले मुगुको खत्याड गाउँपालिका–३ का ३६ वर्षीय कर्ण सिंह टमटाविरूद्ध असोज १६ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले भदौ १७ गते बागलुङ बजारबाट बन्धक बनाई काठमाडौँ, सुर्खेत र नेपालगञ्ज पुर्‍याएर पटकपटक बलात्कार गरेको भन्दै…

October 4, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गल्कोट नपा–११ मझुवा बस्ने २८ वर्षीय सुदर्शन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपालीलाई प्रहरीले असोज १३ गते उनकै गाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए । नेकपाको गल्कोट नगर इञ्चार्ज समेत रहेका नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की…

October 1, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता २० वर्षीय नवराज बिकलाई प्रहरीले असोज ९ गते राति बागलुङ बजारबाट गिरफ्तार गरेको छ । बम बनाउन प्रयोग हुने स्प्रिङ र हतियार सफा गर्न प्रयोग हुने पुलथ्रुसहित बिकलाई राति ११ बजे बागलुङ बजारको श्रीनगर टोल नजिकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी…

September 27, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ । खर्वाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कुँवरलाई बेलुकी ५ बजे बडिगाड गाउँपालिका–५ मा रहेको उनकै गाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए…

September 25, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा रिहालगत्तै प्रशासनमा आत्मसमर्पण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँका जिल्ला नेता ३१ वर्षीय अमृत सापकोटाले रिहा लगत्तै जिल्ला प्रशासन कार्यालय, बागलुङमा असोज ५ गते आत्मसमर्पण गरेका छन् । तनहुँ जिल्ला व्यास नपा-१४ का सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले भदौ २० गते बागलुङबाट गिरफ्तार गरेको थियो । असोज ५ गते जिल्ला प्रशासन कार्यालय,…

September 23, 2019