चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना नेतालाई गिरफ्तार गरेको छ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुँवर र वडिगाड गाउँपालिका घर भएका सोही पार्टीका जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई पुस २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्लिङ-५ का ६४ वर्षीय दलबहादुर परियारलाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले आरोपितविरुद्ध बलात्कार आरोपमा स्थानीयले पुस २३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ परीक्षण पुस २३ गते धौलागिरी अञ्चल…
दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा अञ्चल अस्पताल 'रिफर सेन्टर' बन्दैं
धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ सेवा दिनको लागि ६ वर्षपहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल 'रिफर सेन्टर'का रूपमा परिणत हुन थालेको छ । १६ जना विषेशज्ञ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा १४ जना डाक्टरको पद रिक्त रहँदा उपचारको लागि आउने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक १९ गते देविस्थान-७ का २१ वर्षीय हेमबहादुर घर्ती, २७ वर्षीय जगतबहादुर घर्ती र ३२ वर्षीय चामबहादुर कुँवर उजुरी दर्ता गरिएको छ । पीडित बालिकाद्वयलाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मौखिक उजुरी…