हिंसा पीडितलाई इन्सेकद्वारा न्यायिक प्रक्रियामा सहयोग
जलजला गाउँपालिका–८ नाग्लिवाङ फर्सेकी ३८ वर्षीया विष्णुकुमारी क्षेत्रीलाई इन्सेक पर्वतले न्यायिक प्रक्रियामा सहयोग गरेको छ । घरेलु हिंसा पीडित महिलालाई ४० वर्षीय पति टेकबहादुर क्षेत्रीले पटक पटक कुटपिट गर्दै आएको र पछिल्लो समय ०७७ मङ्सिर २८ गते कुटपिट गरेको भनी पीडितले आरोपितविरुद्ध इन्सेकको सहयोगमा पुस ५ गते जिल्ला प्रहरी कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते पर्वतमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि एवंम…
पर्वत कारागारमा रहेका बन्दीको उपचारका क्रममा मृत्यु
विभिन्न मुद्दामा पर्वत कारागारमा सजाय भुक्तान गरिरहेका बन्दीको मङ्सिर २९ गते मृत्यु भएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता म्याग्दी मालिका गाउँपालिका–३ अडिबारका ५८ वर्षीय जगेन्द्रबहादुर पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । रिंगटा लागेर लडेका पुनलाई पर्वत कारागार प्रशासनले पर्वत अस्पतालमा तत्कालै लगेपनि…
यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कुश्मा नगरपालिका–४ का १९ वर्षीय विपिन परियारलाई डेढ वर्ष कैद सजाय र १० हजार जरिवानाको फैसला भएको छ । पर्वत अदालतका न्यायधीश बलराम त्रिपाठीको इजलासले मङ्सिर २५ गते गरेको फैसलामा आरोपित परियारलाई १ वर्ष ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवानाको…
जातीय विभेद उन्मुलनका लागि सचेत नागरिकको भूमिका महत्वपूर्ण : अध्यक्ष पौडेल
जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेलले वर्षौदेखि गाँझिएको जातीय विभेद उन्मुलनका लागि समाजको सचेत नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 'लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान’ को सन्दर्भ पारेर सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा भएको जातीय विभेद र कोभिड–१९ ले महिलामा…
यौन दुर्व्यवहार घटनाका आरोपितलाई डेढ बर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ५५ वर्षीय बाबुलाई डेढ वर्ष कैद सजायको फैसला भएको छ । पर्वत अदालतका न्यायधीश बलराम त्रिपाठीको इजलासले मङ्सिर १४ गते गरेको फैसलामा आरोपितलाई एक वर्ष ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले इन्सेक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको हो । आरोपितलाई…
कोभिड–१९ का कारण अदालतको काम प्रभावित हुँदा पीडितलाई समस्या
पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन सकेका छैनन् । पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ४ सय ७२ मुद्दा दर्ता…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
कुश्मा नगरपालिका– १३ खौलालाँकुरी सिस्नेपानीकी २९ वर्षीया पूर्णमाया नेपालीको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले ३२ वर्षीय पति तुलसे नेपालीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । मृतक नेपाली कात्तिक १३ गते देखि सम्पर्कविहिन भएको भन्दै आरोपित पतिले कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा खोजिकार्यका लागि सहयोग गरिदिन बारे…
महिला बन्दी गृह नहुँदा समस्या
कुश्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ । विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त महिलाहरूलाई राख्नका लागि पर्वत जिल्ला कारागारमा बनाइएको महिला कैदीबन्दी गृहको पर्खाल वर्षाले भत्किएपछि समस्या भएको हो । २५ जना कैदीबन्दीको क्षमता भएको पर्वत जिल्ला कारागारकै पुरानो संरचनामा महिलाहरूलाई पनि व्यवस्थित…