शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको पीडित पक्षको आरोप

हुप्सेकोट गाउँपालिका-४ झ्यालबासको अर्पण बोर्डिङ्ग स्कुलमा अध्ययनरत सात वर्षीय छात्र विपसन पाण्डे शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले बताएका छन् । साउन २० गते गृहकार्य नगरेको आरोपमा विद्यालयका शिक्षक सचिन मल्लको कुटपिटबाट बालकको शरीरका विभिन्न स्थानमा निलडाम बसेको मामा विश्व काफ्लेले बताए । पीडित पक्षले साउन २१ गते इन्सेक जिल्ला…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सदस्य गैँडाकोट नपा-१४ का ६८ वर्षीय काशीराम कँडेललाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतको सवारी र एनसेल टावर आगजनीमा कँडेलको संलग्नता भएको आशङ्कामा उनलाई गाउँबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १८ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय रजहरमा उजुरी दिएको थियो ।   सोही उजु्रीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

जिल्ला अदालतको सवारी साधनमा अज्ञात पक्षद्वारा आगजनी

नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्ला अदालतको बा २ झ ३५०२ नम्बरको जिपमा अज्ञात पक्षले साउन १० गते बिहान आगजनी गरेको छ ।   कावासोती–८ थकालीचोक स्थित अर्जुन श्रेष्ठको घरमा भाडामा लिई बस्ने अदालतका श्रेस्तेदार शारदादत्त बडुले घर छेउमा पार्किङ्ग गरेको सवारीमा बिहान करिब २ बजे अज्ञात पक्षले आगजनी गरेको जिल्ला…

बलात्कार गरेको कसुरमा साढे सात वर्ष कैदको फैसला

मनोसामाजिक अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चितवन खैरहनी नपा–८ का २८ वर्षीय विष्णु बस्नेतलाई ७ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश पुनाराम खनालको असार २९ गते बसेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय र पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको असार २९ गतेको इजलासले घटनाको समयमा बालक १५ वर्षको भएको हुँदा  १० वर्ष कैदको आधा पाँच वर्ष कैद र…

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाल्पा जिल्ला निस्दी गाउँपालिका–७ का ५० वर्षीय रामबहादुर परियार भन्ने रामबहादुर दमाईलाई ११ वर्ष कैद सजाय र ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको असार २९ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका सूचना अधिकृत…

बलात्कार गरेको कसुरमा १६ वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नवलपुरले कावासोती नपा-३ बस्ने ५३ वर्षीय मोक्तान काइला भनिने सोमबहादुर तामाङलाई १६ वर्षकैद र ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको असार २५ गते बसेको इजलासले सो फैसला गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएको घटनाको बारेमा जानकरी गराएका थिए ।…

नगरपालिकाको सवारी साधनमा आगजनी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाको सवारीमा असार १० गते अपरिचित व्यक्तिहरूको समूहले आगजनी भएको छ । नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया चढ्ने लु १ झ ३२१ नम्बरको स्कर्पियोमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको घर अगाडि पार्किङ्गमा राखेको सवारीमा राति १ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको हो…