बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ, ११ र १२ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–१० दुधेकुनाका ७२ वर्षीय बलराम सापकोटा र उनका १६ वर्षीय नातीलाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई आरोपितहरूले असार १५ गते र साउन ४ गते उनीहरूकै घरमा गएर पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरूविरुद्ध कत्तिक २…
कोभिड–१९ को संक्रमणले वडास्तरीय स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामीलाई समस्या
कोभिड–१९ को सङ्क्रमणको जोखिमको कारण तनहुँको भानु नगरपालिकाका वडाहरूमा दिदै आइएको स्वास्थ्य सेवा प्रभावित हुँदा सेवाग्राहीलाई समस्या भएको छ । नगरपालिकामा यस अघि प्रत्येक तीन / तीन महिनामा हुँदै आएको सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप)को परीक्षण हाल रोकिएको छ । जसको कारण मधुमेह र रक्तचापका बिरामीलाई नियमित औषधी सेवनकोलागि…
अपहरण घटनाकी आरोपित गिरफ्तार
व्यास नपा–४ वागभन्ज्याङका ६ वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँकी २० वर्षीया सविता परियारलाई असोज २१ गते दिउँसो पृथ्वीराजमार्गको दमौलीबाट गिरफ्तार गरेको छ । पीडित असोज २० गते दिउँसो ३ बजेबाट बेपत्ता भएपछि पीडित परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । पीडित…
सामाजिक सेवा दिवसको अवसरमा इन्सेकद्वारा कोरोना सङ्क्रमितलाई फलफूल वितरण
४१ औं सामाजिक सेवा दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) लगायत विभिन्न सङ्घ संस्थाहरुको सहयोग र गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखाको आयोजनमा दमौली अस्पतालद्वारा सञ्चालित आइसोलेशन सेण्टरमा रहेका कोरोना सङ्क्रमितलाई असोज ७ गते फलफूल वितरण गरिएको छ । इन्सेक तनहुँ ग्रामिण सशक्तिकरण समाज तनहुँ र संयुक्त दलित उत्थान मञ्च…
हत्या घटनाका आरोपित गिरफ्तार
व्यास नपा–१० शेवर घर भएकी १९ वर्षीया शुकु परियार गुरुङको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २२ वर्षीय नवराज गुरुङ र देवर १९ वर्षीय शिशिर गुरुङलाई ०७७ भदौ २६ गते गिरफ्तार गरेको छ । मृतकको शव आफ्नै कोठामा भदौ २५ गते दिउँसो झुन्डिएको अवस्थामा फेला परिएको थियो । मृतकलाई आरोपितहरुले…
वडा सचिवलाई कुटपिट, घटनाका आरोपित गिरफ्तार
देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरलाई कुटपिट गरेको आरोपमा ऋषिङ गाउँपालिका–३ का २६ वर्षीय धनसिंह मगर र सोही ठाउँका २३ वर्षीय असिम थापालाई प्रहरीले ०७७ भदौ २३ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई ०७७ भदौ २२ गते राति कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई ०७५ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आबुँखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले ०७७ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७५ चैत १० गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोहि दिन इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा उजुरी दिएका थिए ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बलात्कार र गर्भपतन मुद्दाका अभियुक्त ऋषिङ गाउँपालिका–३ भिरकोट खाल्डीवासका ५९ वर्षीय बलबहादुर विकलाई प्रहरीले घटना भएको पाँच वर्षपछि भदौ ७ गते साँझ गिरफ्तार गरेको छ । आरोपितविरुद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भपतन गराएको भन्दै २०७२ साउन २० गते बलात्कारसम्बन्धी र साउन २१ गते गर्भपतनसम्बन्धी छुट्टाछुट्टै उजुरी परेको जिल्ला प्रहरी…
बलात्कार कसुरमा साढे सात वर्ष कैद सजायको फैसला
मानसिक सन्तुलन कमजोर रहेकी २५ वर्षीया महिलालाई ०७६ माघ ३ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत, तनहुँले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई साउन २९ गते साढे सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश बासुदेव पौडेलको इजलासले साउन २९ गते आरोपितलाई साढे सात वर्ष कैद…
बाल विवाह घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको आरोपमा प्रहरीले गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई ०७७ असार २४ गते व्यास नपा– ११ बाट गिरफ्तार गरेको छ । प्रहरीले आरोपित दुलाहा सहित उनका बुबा, बालिकाको बुबा, आमा र पण्डितलाई समेत मण्डपबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी युवराज…