स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै सरूवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकोमा उनी दशै अगाडी नै समायोजनको क्रममा अन्यत्रै…
बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला
४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पीडितका ३० वर्षीय छोरालाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश बासुदेव पौडेलको पुस १४ गतेको इजलासले कसुर ठहर गर्दै हाडनाता करणी र बलात्कार कसुरमा जन्मकैद सजायको फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम पुस १० गते सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस ३ गते वडा नम्बर १ स्थित सिकेविके क्याम्पसमा सम्पन्न भयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक – २०२१ को लागि सङ्कलित घटनाहरुको पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानव अधिकारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका ५० वर्षीय केशबहादुर गुरुङलाई मङ्सिर २७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दर्ता गराएका थिए । पीडितलाई आरोपितले डर धम्की देखाएको कारण…
भानुमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते भानु नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै नगरपालिकाकी उपमेयर आशा…
लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुन्छ : सांसद सिग्देल
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मंसिर १८ गते दमौलीमा आयोजना गरिएको ‘जातिय विभेद…
निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता पौडेल गिरफ्तार (तस्विरहरु सहित)
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले दमौलीबाट पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मङ्सिर १७ गते दिउँसो गिरफ्तार गरेको छ । व्यास नगरपालिकाको वडा नम्बर १ लाई वडा नम्बर १० र ११ सँग जोड्ने तालघरेको बुल्दी खोलमा निर्माण गरिएको पक्की पुलको उद्घाटनको विषयमा विवाद…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२०२८ सालमा एक २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नपा–९ का ६५ वर्षीय बुधे दमैलाई घटनाको ४८ वर्षपछि ०७७ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । घटनापछि पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको र सो घटनामा जिल्ला अदालत तनहुँले ०२९ पुस २३ गते आरोपितलाई ६ वर्ष…