यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–७ धारापानीका ३९ वर्षीय रेशमबहादुर कार्कीलाई ६ महिना कैदको फैसला सुनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश वासुदेव पौडेलको चैत ३१ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई ६ महिना कैद सजाय र पाँच हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत…
हत्या घटनाका आरोपित गिरफ्तार
आबुखैरेनी गाउँपालिका–५ बरालुङका १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आइतसिंह गुरुङलाई चैत २९ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले चैत २२ गते कडा खालको हतियारले सम्वेदनशील अङ्गमा प्रहार गरी घाइते बनाएका थिए । सोही चोटको कारण चैत २४ गते घाइते गुरुङको मृत्यु भएको जिल्ला…
कर्मचारीलाई दुर्व्यवहार गरिएको विरोधमा कामकाज बन्द
भानु नगरपालिकामा कार्यरत कर्मचारी भानु नगरपालिका बस्ने ४५ वर्षीय होमबहादुर भण्डारी र नगर प्रहरी २५ वर्षीय मिलन रानामगरलाई दुर्व्यवहार गरिएको विरोधमा नगरपालिकाका कर्मचारीहरुले ०७७ चैत २२ गतेदेखि सम्पुर्ण कामकाज बन्द गरेका छन् । कर्मचारीहरुले चैत २२ गते प्रेस विज्ञप्ति प्रकाशित गरी चैत २० गते जनप्रतिनिधिको नेतृत्व र उक्साहटमा केही व्यक्तिहरुले…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा बन्दिपुर गाउँपालिकाको संयोजनमा खाद्यको अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम चैत १३ गते बन्दिपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय पिप्लेमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले संविधानले खाद्य अधिकारलाई मौलिक हकका समावेश गरेको हुँदा स्थानीय सरकारको रूपमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १ गते र त्यसअघि पनि पटक–पटक बलात्कार गरेको भन्दै सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी टोलीले आरोपितलाई चैत ४ गते राति घर नजिकैबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश…
प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना गिरफ्तार
भिमाद नगरपालिका–१ डुम्रीबेशीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–७ का २३ वर्षीय प्रिन्स थापा र २२ वर्षीय लोकबहादुृर थापालाई गिरफ्तार गरेको छ । आरोपितहरुलाई फागुन २९ गते बिहान डुम्रीबेशीबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो । डुम्रीबेशीमा आयोजित भलिवल प्रतियोगिताको क्रममा फागुन २८…
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै उहाँले साे कुरा बताउनुभयो । भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेको भन्दै…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई ज्ञापनपत्र बुझाई मानवअधिकार समूहले पहिचान गरेका समस्याहरू समाधान गर्न माग गरेको हो । इन्सेकको सहयोगमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप हुँदा कैदी कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दिपक दर्जी र ज्ञानबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–१ का ३१ वर्षीय बोमवबहादुर दरैलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो…