मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले प्राविधिकबाट निकै दुःख पाएको दुखेसो पोखेका हुन् । बनेका घरलाई पनि किस्ता सिफारिस…

March 10, 2018  
विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव दिएपनि उपचार खर्च विद्यालयले व्यहोर्ने आशामा रहेको पीडित पक्षले अन्तत काठमाडौँमा फागुन ५ गते पत्रकार बोलाएर घटनाबारे जानकारी दिएको हो…

February 18, 2018  
मानसिक समस्याबाट पीडितको उद्धार र सहयोगको याचना

अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि  ओढारमा बस्दै आएका छन् । दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले बताए । ४० वर्ष अघि भारतीय सेनामा भर्ना भएका तामाङ मानसिक सन्तुलन ठिक नभएपछि ओढारमा बस्दै आएका स्थानीय भिमलाल तामाङले…

January 27, 2018  
अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल

पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् । जन्मजात अपाङ्गता भएका लक्ष्मण तीन कक्षामा पढ्छन भने सुस्मिता दुई कक्षामा पढ्छिन् । 'दाइको गोडा टेक्नै मिल्दैन अनि सधैँ म आफैँ दाइलाई बोकेर स्कुल ल्याउँछु ।'-सुस्मिताले…

January 21, 2018  
बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण

कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित पत्रकारले बताए । अवैध बालुवा उत्खननमा संलग्न चार जनाको समूहमा रहेका युवाहरूले कैनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरूको नाम…

January 15, 2018  
गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड गरेका छन् । चार दिनदेखि चरणबद्घ आन्दोलनमा उत्रिएका स्थानीयहरूले पुस २१ गते गाउँपालिका बन्दको आह्वान गरेका थिए । सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै ना १२ प ९०१० नम्बरको मोटरसाइकल…

January 5, 2018  
एकै परिवारका तीन जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ । शहिद लखन गाउँपालिका-७ बुंकोट स्थित कोटगाउँका २९ वर्षीया लीला श्रेष्ठ, २६ वर्षीया शिला श्रेष्ठ र १८ वर्षीय राजीव श्रेष्ठलाई घरमै पुगेर पुस १४ गते नागरिकता वितरण गरिएको हो । तीनै जनाको…

December 29, 2017  
शिक्षकहरू विजयी सभामा, विद्यार्थीद्वारा तालाबन्दी

विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा तालाबन्दी गरेका छन् । मङ्सिर २६ गते प्रार्थना समयमा 'आज विद्यालय बन्द' भनेर शिक्षकहरूले भनेपछि पठनपाठन हुन नसकेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरज घर्ती मगरले आरोप लगाए । 'हाजिर…

December 12, 2017  
निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको आरोपमा नयाँ शक्तिका पाँच जना गिरफ्तार

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको भन्दै प्रहरीले मङ्सिर १० गते नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सिरानचोक गाउँपालिका–८ जौबारीबाट चुनावी प्रचारमा प्रयोग भएको ग २ च १७१५ नम्बरको गाडी सहित १ लाख रुपियाँ पनि सो स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी प्रकाश अधिकारीले…

November 26, 2017  
माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात समूहले कात्तिक ३० गते बम विष्फोट भएको छ । 'सिल्भरको भाँडामा विष्फोटक पदार्थ राखेर पड्काएको पायौँ ।'-जिल्ला प्रहरी कार्यलयका एसपी प्रकाश अधिकारीले भने-'हाम्रो प्रारम्भिक अनुसन्धानमा रिमोटबाट बम पड्किएको भन्ने छ…

November 17, 2017