यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले गोरखा नगरपालिका-१० छेवेटारमा ३९ वर्षीय शिक्षक विनोद पाण्डेलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा पीडित पक्षले मौखिक उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

May 17, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका-१२ स्याउलीका २८ वर्षीय चिजकुमार परियारविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले वैशाख २९ गते बलात्कार प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । आरोपित परियार फरार रहेको र खोजी भइरहेको जिल्ला…

May 14, 2018  
दमन भएको भन्दै कैदीबन्दी आन्दोलित

आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै कैदीबन्दीले वैशाख ११ गते कारागारको प्रवेशद्वारमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । कारागारका चार नाइके र आठ नाइकेले उनीहरूमाथि दमन गरेको कैदीबन्दीको आरोप छ । आफूहरूलाई टेलिफोन शुल्क बढी उठाएको,…

April 25, 2018  
जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्

जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ । १५ शैयाको अस्पताललाई २०६९ सालमा स्तरोन्नती गरिएको थियो । स्तरोन्नतीसँगै अस्पतालमा बालरोग, प्रसूति रोग, हड्डी, रेडियोलोजिष्ट, मानसिक, प्याथोलोजिष्ट र र्सजनका विशेषज्ञको दरबन्दी थप भएको थियो । दरबन्दी थप भए पनि…

April 20, 2018  
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

बहुविवाह गरेको आरोपमा पालुङटार नगरपालिका-८ धुँवाकोटका २५ वर्षीय अशोक बिक विरुद्ध २४ वर्षीया विष्णुकुमारी बिकले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गत माघ १८ गते आफू घरमा हुँदाहुँदै धादिङ जिल्ला भोटेखोलाबाट ३५ वर्षीया सीता बिकसँग विवाह गरेको आरोपमा न्यायका लागि उजुरी दिएको पीडित महिलाले बताइन् ।…

April 14, 2018  
स्थानीय युवाहरूको कुटपिटबाट प्रहरी घाइते

सिरानचोक गाउँपालिका-५ छोप्राकका स्थानीय युवाहरूको कुटपिटबाट छोप्राक प्रहरी चौकिमा कार्यरत २७ वर्षीय प्रहरी जवान नवराज केसी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका युवाहरूको कुटपिटबाट उनको टाउकोमा चोट लागेको प्रहरीको आरोप छ । घाइते केसीको उपचार गोरखा अस्पतालमा भएको प्रहरीले जनाएको छ । चैत २२ गते राति करिब १०…

April 6, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २९ गते बहुविवाह गरेको आरोपमा २५ वर्षीया अनिता गुरूङले फागुन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । आफू घरमा हुँदाहुँदै पतिले अर्को विवाह…

March 15, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । आरोपितलाई प्रहरीले फागुन ३० गते नै गिरफ्तार…

March 15, 2018  
बोक्सी बकाउने भन्दै बालिकामाथि कुटपिट

बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ । हिमालय माविमा कक्षा ८ मा अध्ययन गर्ने जानुका बिरामी परेपछि उनकी आमा पार्वती श्रेष्ठले बोक्सी बकाउने भन्दै कुटपिट गरेकी प्रत्यक्षदर्शीले बताएका छन् । विद्यालयका प्रध्यानाध्यापक सिताराम ढकालका अनुसार फागुन २३ गते…

March 14, 2018  
स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले…

March 14, 2018