पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छोरीको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीया ‘बालिका आमा’लाई प्रहरीले भदौ ९ गतेदेखि नै नियन्त्रणमा लिएको थियो । ११ दिने छोरीको हत्या…

August 28, 2018  
कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

धार्चे गाउँपालिका-६ काशिगाउँमा आमाछोरीलाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय रोशन गुरूङलाई साउन २६ गते गिरफ्तार गरेको छ । कथित बोक्सीका कारण स्थानीय ५२ वर्षीय भिम गुरूङको मृत्यु भएको भन्दै रोशनले अफवाह फैलाएको भनि पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…

August 13, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुलिकोट गाउँपालिका-८ का ३८ वर्षीय मानबहादुर परियारलाई साउन २३ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २३ बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीपछि आरोपित परियारलाई…

August 9, 2018  
काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते ज्ञापनपत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको अगुवाइ तथा जिल्ला मानव अधिकार सञ्जालको समन्वयमा जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापनपत्र बुझाइएको हो ।…

August 8, 2018  
जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड

जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन २१ गते सदरमुकाम गोरखा बजारमा आयोजना गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले…

August 7, 2018  
कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका २७ वर्षीय रोशन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते पीडित पक्षले उजुरी दिएको छ । पीडितद्वयलार्ए कथित बोक्सी भन्दै भ्रम फैलाएपछि सामाजिक बहिष्कारमा पर्न थालेको भन्दै कालीका छोरीहरू सुनमाया…

August 4, 2018  
गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा

टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख शशिधर सुवेदीले बताए । 'भित्र बस्दा सामान्य विवादमा भनाभन र कुटाकुट गरेछन् । हामीले राती नै कन्ट्रोल गर्‍यौँ ।'-उनले भने । कारागार घटनाको बारेमा कारगार…

July 12, 2018  
कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार ९ गते गिरफ्तार गरेको छ । गत जेठ २४ गते छोराको कुटाइबाट अपाङ्गता भएकी आमा ६३ वर्षीया विवा विश्व घाइते बनेकी थिइन् । छोराको कुटाइबाट घाइते बनेकी विवाको ९ गते…

June 24, 2018  
'पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्'-सरोकारवाला

बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको असार ८ गते गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले जटिल प्रकारका बलात्कार र बलात्कार प्रयासका घटनाको न्यूनीकरणका लागि जिल्लामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका…

June 22, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका आफन्तले उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

June 18, 2018