प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित घरैबाट गिरफ्तार गरिएको डिएसपी महेन्द्र नेपालले बताए । ‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ ।’–नेपालले भने । छेवेटारकै शहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेवको…

July 21, 2019  
लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, सोही ठाउँका ४९ घरधुरी भूकम्प पीडितले भने चार वर्षसम्म घर बनाउने बारे अन्यौल भएको गुनासो गरेका छन् । लाप्राकका ४९ मध्ये २९ घरधुरी भूकम्प पीडित लाभाग्राही…

July 5, 2019  
जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

गोरखा नपा-४ पीपलथोककी ३९ वर्षीया मोनिका बिकलाई जातीय विभेद गरेको आरोपमा गोरखा नपा-५ पदेलथोककी ५२ वर्षीया पम्फा श्रेष्ठविरूद्ध पीडितले असार १६ गते प्रहरीमा उजुरी दिएकी छन् । गोरखा नपा-५ पिपलथोकको माने पानी धारामा असार १६ गते पानी खान गएकी मोनिकालाई पानी छोएको भन्दै श्रेष्ठले कुटपिट गरेको प्रत्यक्षदर्शी दिपक सुनारले बताए…

July 2, 2019  
बृद्ध ससुराको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

सहिद लखन गाउपालिका-७ वुङ्कोट चारघरे बस्ने ८२ वर्षीय बलबहादुर रानाको हत्या गरेको आरोपमा ५२ वर्षीया बुहारी गोरी रानालाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । आरोपित गोरीले असार १६ गते खुर्पा प्रहार गर्दा बृद्ध ससुराको मृत्यु भएको भनी स्थानीयले दिएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी…

July 2, 2019  
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४५ वर्षीय रोहित पन्तलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पन्तलाई शहीद लखन गाउँपालिका–४ ताक्लुङ स्थित उनकै घरबाट गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गारेखाका एसपी भोला रावलले जानकारी दिए । असार १२ गते जिल्ला अदालतमा…

June 29, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि, लुइटेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४३ वर्षीय प्रकाश न्यौपानेलाई असार १२ गते गिरफ्तार गरेको छ । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १३ गते प्रहरीमाउजुरी दिएको छ । पीडित…

June 29, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–५ हिलेपोखरीका ३८ वर्षीय भरत खत्रीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ५ गते बलात्कार गरेको भन्दै असार १२ गते मौखिक उजुरी आएपछि असार १२ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । असार १३…

June 29, 2019  
विस्थापित भएका भूकम्प पीडितलाई विद्युत र खानेपानीको समस्या

धार्चे गाउँपालिका–२ केरौँजाबाट विस्थापित भएर गोरखा नपा–६ सिमलगैरीमा आएर बसेका भूकम्प पीडितले बस्तीमा खानेपानी, विद्युतसँगै सडक मर्मतको आवश्यकता रहेको बताएका छन् । मानव अधिकार सञ्जाल तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ११ गते विस्थापित बस्तीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले थातथलो छाडेर विस्थापित हुनुपर्दा आफूहरू…

June 28, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

हिंसाका घटना न्यूनीकरणका लागि गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारकर्मीले बताएका छन् । असार ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० का लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षामा सहभागी अधिकारकर्मीले महिला र बालिकामाथि बलात्कार र यौन दुर्व्यवहारका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।…

June 26, 2019  
विद्यार्थीलाई कुटपिट भएको भन्दै उजुरी

गोरखा नगरपालिका–११ सेन्त जोसेफ वोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १० वर्षीय बालक श्रीयन्स श्रेष्ठलाई सोही विद्यालयकी विज्ञान शिक्षिका मनिषा मगरले असार ९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले असार ९ गते प्रहरीमा उजुरी दिएको छ । ‘पुस्तक बिचमा परेछ मिसले सोध्दा भेटिनँ । पछि भेटेर देखाएँ ।’–श्रीयन्सले भने–‘झुट बोल्छस…

June 25, 2019