खाद्यान्न ढुवानी नहुँदा सिर्दिबास डिपो एक महिनादेखि रित्तै !

नेपाल खाद्य संस्थान गोरखा शाखा अन्तर्गत उत्तरी गोरखामा रहेको सिर्दिबास डिपो एक महिनादेखि रित्तो छ । सिर्दिवास सहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउने डिपोमा दसैँयता चामल नरहेको सो डिपोका कर्मचारी मङ्गलबहादुर गुरुङले बताए । चालु आर्थिक वर्षको चार महिनासम्म सो डिपोमा खाद्यान्न…

November 8, 2018  
उत्तरी गोरखामा खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीय प्रभावित

उत्तरी गोरखाका स्थानीयहरूलाई सहुलियत दरमा उपलब्ध गराइने चामल चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि ढुवानी हुन सकेको छैन । चालु आर्थिक वर्षमा माछाखोला डिपोमा २ हजार ५ सय क्वीन्टल र सिर्दिबास डिपोमा २ हजार क्वीन्टल चामल पुर्‍याउने भन्दै असार १ गते नै टेण्डर आह्वान गरिएको थियो । माछाखोला डिपोका…

October 29, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–९ मिरकोट स्थित चालीसे डाडाँका २० वर्षीय दिनेश परियारलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा…

October 2, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बावुलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको घटनाको धेरैपछि गाउँकै एकजना साथीलाई भनेपछि मात्रै घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले बताए । पीडितले असोज १० गते जिल्ला प्रहरी…

September 29, 2018  
खोप्लाङमा इन्सेकको सार्वजनिक सुनुवाइ

पालुङटार नगरपालिका–१ खोप्लाङका भूकम्प पीडितले वर्षाले बाटो बिगार्दा घर निर्माण प्रभावित भएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार सञ्जालको आयोजनामा भएको भूकम्प पीडितको अवस्था विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्प पीडितले घर निर्माणलाई पुर्णता दिन नसक्दा किस्ता रकम पनि नपाइएको बताए । बर्खा आगावै पहिलो…

September 22, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई भदौ २६ गते सिरानचोक गाउँपालिका–८ ब्याखर्कका २१ वर्षीय चन्द्रबहादुर परियारले बलात्कार गरेको उनको आफन्तले दिएको उजुरीमा उल्लेख छ । मौखिक उजुरीकै आधारमा भदौ २८ गते परियारलाई प्रहरीले गिरफ्तार…

September 15, 2018  
पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छोरीको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीया ‘बालिका आमा’लाई प्रहरीले भदौ ९ गतेदेखि नै नियन्त्रणमा लिएको थियो । ११ दिने छोरीको हत्या…

August 28, 2018  
कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

धार्चे गाउँपालिका-६ काशिगाउँमा आमाछोरीलाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय रोशन गुरूङलाई साउन २६ गते गिरफ्तार गरेको छ । कथित बोक्सीका कारण स्थानीय ५२ वर्षीय भिम गुरूङको मृत्यु भएको भन्दै रोशनले अफवाह फैलाएको भनि पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…

August 13, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुलिकोट गाउँपालिका-८ का ३८ वर्षीय मानबहादुर परियारलाई साउन २३ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २३ बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीपछि आरोपित परियारलाई…

August 9, 2018  
काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते ज्ञापनपत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको अगुवाइ तथा जिल्ला मानव अधिकार सञ्जालको समन्वयमा जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापनपत्र बुझाइएको हो ।…

August 8, 2018