महिलाका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुनसकेन : उपमेयर श्रेष्ठ
महिलाका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुन नसकेको गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठले बताउनुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि श्रेष्ठले समाजमा विभेद रहेको कुरा बताउनुभयो ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित गोरखा नगरपालिका–८ का ६० वर्षीय तुल बहादुर थापाविरुद्व पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०७७ बैशाख ११ गते ललाई फलाई बलात्कार गरेको र पीडित गर्भवति भएसँगै घटना बहिर आएको पीडित पक्षको आफन्तले दिएको उजुरीमा उल्लेख रहेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–१० का १९ वर्षीय प्रेम तामाङलाई कात्तिक २४ गते गिरफतार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृप्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला सदस्य ३८ वर्षीय चिनकाजी विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २४ गते गिरफ्तार गरेको छ । सिरानचोक गाउँपालिका–३ स्थाई घर भएका विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटाइएको प्रहरी टोलीले घरबाटै गिरफ्तार गरेको एसपी सुरेन्द्र वहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला गढीमाई नगरपालिका–३ का विजय प्रसाद यादवलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले २०७६ वैशाख २८ गते मनकामनाकाे एक हाेटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध २०७६ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए । घटनापछि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय ठाकुरकान्त रानाभाटलाई जिल्ला प्रहरी कार्यालय गोरखाले साउन १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १९ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–८ का ३७ वर्षीय राम बहादुर थपलियालाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन ११ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको र सोही दिन आरोपितलाई गिरफ्तार गरी साउन १२…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १५ वर्षीय बालकलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आफ्नै नाता पर्ने आरोपितले साउन ११ गते फकाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ आबुँखैरेनी गाउँपालिका–२ खोलागाउँका २९ वर्षीय तुल वहादुर गुरुङलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभनमा पारेर ०७६ चैत १२ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय…
प्रतिवन्धित पार्टीकी कार्यकर्ता गिरफ्तार
प्रतिवन्धित नेपाल कम्यूनिष्ट पाटी (विप्लव) नेतृत्वकी केन्द्रिय सदस्य ४२ वर्षीय उमा भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । अजिरकोट गाउँपालिका–४ काफलडाडा स्थायी घर भएकी भुजेललाई कैलाली प्रहरीले जेष्ठ २० गते गोरखा नगरपालिका–१३ बाट गिरफ्तार गरी गोरखा प्रहरीको जिम्मा लगाएको हो । उनलाई जेठ २१ गते सार्वजनिक शान्तिविरुद्घको कसुरमा मुद्दा दर्ताका लागी…