यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका-१३ देउरालीका ४७ वर्षीय प्रेमबहादुर लोहनीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका…

September 17, 2017  
सुकुम्वासी बस्तीमा इन्सेकको सार्वजनिक सुनुवाइ

भूकम्ले घर भत्काए पनि अनुदान रकम पाउन वञ्चित रहेका भूमिहीन र सुकुम्वासीका समस्या समाधान गर्ने उद्धेश्यका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा गठित मानव अधिकार सञ्जालले सिरानचोक गाउँपालिका-६ गाँखुस्थित नयाँ साँघुमा भदौ ३१ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ साँघुमा वर्षौँदेखि सार्वजनिक जग्गामा बस्दै आएका भूमिहीनहरूको घर २०७२…

September 16, 2017  
वहुविवाह घटनाका आरोपित गिरफ्तार

शहिद लखन गाउँपालिका-८ वुङ्ककोटका २४ वर्षीय राजन परियार र तनहुँ जिल्ला कलेस्तीकी २६ वर्षीया मन्दिरा थापालाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिला २३ वर्षीया यमुना परियारले भदौ २५ गते प्रहरीमा दिएको उजुरीका आधारमा भदौ २६ उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…

September 12, 2017  
नीति नियम र निर्देशन नपाउँदा अलमलमा जनप्रतिनिधि

आवश्यक नीति नियम र निर्देशन नपाउँदा आफुहरू अलमलमा परेको स्थानीय तहमा निर्वाचित जनप्रनिधिले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ २२ गते गोरखामा सम्पन्न 'वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्य, अवसर र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।…

September 7, 2017  
स्थानीय तहमा नागरिक सञ्जाल गठन गर्न सरोकारवालाको जोड

हरेक स्थानीय तहमा नागरिक समाज सञ्जालको इकाइ गठन गर्नुपर्ने एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ३ गते इन्सेक गोरखाको आयोजनामा गरिएको नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रमका वक्ताहरूले स्थानीय तहमा भएका…

August 19, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-३ का ५२ वर्षीय ऋषिराम देवकोटालाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते यौन दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

August 15, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका-५ का ८५ वर्षीय भिमबहादुर भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको डिएसपी विरेन्द्र थापाले जानकारी दिए । मौखिक उजुरीका आधारमा…

August 3, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-८ आरुपोखरीका ६६ वर्षीय खेचरनाथ खनालाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन दुर्व्यहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन २ गते प्रहरीमा उजुरी दिएका थिए । यौन दुर्व्यवहार पश्चात आरोपित खनालले घटना बाहिर…

July 19, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ३५ वर्षीय बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको थियो । मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई असार २६ गते गिरफ्तार…

July 12, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय नातेदारलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६ गते प्रहरीमा लिखित उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका…

June 9, 2017