पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोरखा नगरपालिका–९ लक्ष्मिबजारकी २० वर्षीया पुजा परियारलाई घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति याकुव परियारलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।   साउन ३२ गते राति १० बजे पुजाको हत्या गरेको आरोपमा याकुवलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।   शवको पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको…

August 18, 2019  
सुशासन कायम गराउन नागरिक समाजको भूमिका बलियो हुनुपर्नेमा जोड

देशमा सुशासन कायम गराउन नागरिक समाजको भूमिका बलियो हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल, गोरखाको संयुक्त आयोजनामा साउन २९ गते गोरखाको सदरमुकाममा आयोजना भएको 'नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती' विषयक छलफल कार्यक्रमका सहभागीहरूले जिल्लाका ११…

August 15, 2019  
विद्यालयका कर्मचारी मृत भेटिए, हत्याको आशङ्का गर्दै घटना छानविनको माग

गोरखा नपा-१० टक्सारमा रहेको मनकामना आवासीय बाहिरा माध्यमिक विद्यालयमा कार्यरत् (कार्यलय सहयोगी) ५० वर्षीय श्यामहरी घिमिरे साउन २८ गते मृत भेटिएका छन् । साउन २७ गते राति ८ः३० बजे विद्यालयको काम सकेर घर फर्किएका घिमिरे २८ गते बिहानसम्म घर परिवार र विद्यालयको सम्पर्कमा नआएपछि खोजी गर्दा सोही विद्यालय नजिकै रहेको…

August 14, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वर्षीय बाबुलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते गोरखा अस्पतालमा गरिएको छ ।

August 11, 2019  
प्रतिबन्धित नेकपामा तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई साउन २४ गोरखा प्रहरीले गिरफ्तार गरेको छ  ।   कास्की जिल्ला सेक्रेटरी ४१ वर्षीय जङ्गबहादुर भण्डारी, विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २६ वर्षीय मिलन राई र विद्यार्थी सङ्गठनका कास्की जिल्ला अध्यक्ष २८ वर्षीय काजी गुरुङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र…

August 10, 2019  
अपाङ्गगता भएकी बालिकालाई इन्सेकको पहलमा ‘क’ वर्गको परिचयपत्र

इन्सेकको पहलपछि गोरखा नपा–८ बस्ने मनोसामाजिक अपाङ्गता भएकी तीन वर्षीया पुजा परियारले साउन १६ गते ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र पाएकी छिन् । पुर्ण अपाङ्गगता भएकी परियारलाई ०७५ असारमा ‘ख’ वर्गको परिचयपत्र दिइएको थियो । पुजाका बुबा गणेश परियारले पुर्ण अपाङ्गता भएकी छोरीलाई ‘ख’ वर्गको परिचयपत्र दिएको भन्दै ‘क’ वर्गको परिचयपत्र…

August 5, 2019  
प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित घरैबाट गिरफ्तार गरिएको डिएसपी महेन्द्र नेपालले बताए । ‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ ।’–नेपालले भने । छेवेटारकै शहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेवको…

July 21, 2019  
लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, सोही ठाउँका ४९ घरधुरी भूकम्प पीडितले भने चार वर्षसम्म घर बनाउने बारे अन्यौल भएको गुनासो गरेका छन् । लाप्राकका ४९ मध्ये २९ घरधुरी भूकम्प पीडित लाभाग्राही…

July 5, 2019  
जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

गोरखा नपा-४ पीपलथोककी ३९ वर्षीया मोनिका बिकलाई जातीय विभेद गरेको आरोपमा गोरखा नपा-५ पदेलथोककी ५२ वर्षीया पम्फा श्रेष्ठविरूद्ध पीडितले असार १६ गते प्रहरीमा उजुरी दिएकी छन् । गोरखा नपा-५ पिपलथोकको माने पानी धारामा असार १६ गते पानी खान गएकी मोनिकालाई पानी छोएको भन्दै श्रेष्ठले कुटपिट गरेको प्रत्यक्षदर्शी दिपक सुनारले बताए…

July 2, 2019  
बुद्ध ससुराको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

सहिद लखन गाउपालिका-७ वुङ्कोट चारघरे बस्ने ८२ वर्षीय बलबहादुर रानाको हत्या गरेको आरोपमा ५२ वर्षीया बुहारी गोरी रानालाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । आरोपित गोरीले असार १६ गते खुर्पा प्रहार गर्दा बृद्ध ससुराको मृत्यु भएको भनी स्थानीयले दिएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी…

July 2, 2019