नेपाल मानव अधिकार वर्ष पुस्तक - २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते कास्कीमा सम्पन्न भएको छ । कास्की जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बृद्धि भएको तथ्याङ्कले देखाएको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ जना बालिका र तीन जना बालक बलात्कार तथा…
कोभिड –१९ को महामारीबाट प्रभावित बालबालिकाको अधिकार संरक्षणमा जोड
७२ औं मानवअधिकार दिवसको अवसरमा अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) को आयोजनामा कोभिड–१९ ले बालबालिकामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा मङ्सिर २५ गते सम्पन्न भयो । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले कोभिड–१९ महामारीमा सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताउनुभयो । गण्डकी प्रदेश बाल परिषद अध्यक्ष दीपा आचार्यले कोभिड–१९ ले जघन्य…
मानिसको बाच्न पाउने अधिकारको सुनिश्चिततानै मानव अधिकारको पहिलो शर्त : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानिसको बाच्न पाउने अधिकारको सुनिश्चिततानै मानव अधिकारको पहिलो शर्त रहेको बताउनुभएको छ । ७२ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गण्डकी प्रदेशमा मानव अधिकारको अवस्था र सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले अधिकारभन्दा जीवन ठूलो भएको भन्दै कोभिड–१९ पछि नागरिकको ज्यान बचाउने कार्यमा…
मानव अधिकार रक्षकलाई जोखिम र चुनौती बढे
मानव अधिकार रक्षकहरूको जोखिम र चुनौति बढेको सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार रक्षक दिवसको सन्र्दभमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की, एड्भोकेसी फोरम, मानव अधिकार रक्षक संरक्षण र प्रर्वद्धन केन्द्र पोखरा र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको संयुक्त आयोजनामा…
राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती : सांसद कोइराला
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत इन्सेक, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद कोइरालाले…
मौलिक हकले मानव अधिकारको सुनिश्चितता गरेको छ : मन्त्री चुमान
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संविधान नै मानव अधिकारलाई सम्बोधन गर्ने सबैभन्दा उच्चस्तरको दस्तावेज भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरामा भएको मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चुमानले जनताद्वारा निर्मित संविधानमा रहेका ३१ ओटा…
बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड
बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा इन्सेक गण्डकी प्रदेश कार्यालय तथा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा आयोजित बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सभामुख…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात, आठ र १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ । आरोपितलाई पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा दुर्व्यवहार गरिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले…
अधिकारका कुरा चाँही गर्छौ तर प्राप्तिका लागि खोजी गर्दैनौ : अर्थ तथा विकास सभापति कोइराला
गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनी रूपमा आफूले प्राप्त अधिकारलाई जनताले खोजी गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय गोष्ठीमा बोल्दै कोइरालाले आफ्नो अधिकार प्राप्तिका लागि अग्रसर र सचेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने २९ वर्षीय प्रकाश नेपालीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा कोही नभएको बेला ललाई फकाई र डरधम्की देखाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर १३ जिल्ला प्रहरी कार्यालय कास्कीमा…