बाँधका कारण नेपाली भूभाग डुबान हुन नदीनका लागि सरकारसँग माग

नेपाल भारत सिमानामा एकतर्फी रूपमा बाँधिएको बाँधका कारण नेपालले वर्षेनी क्षति व्यहोर्दै आइरहेको भन्दै नेपाली भूभाग डुबान हुन नदीनका लागि दीर्घकालिन कुटिनीतिक पहल गर्न पोखराका विभिन्न सङ्घसंस्थाले सरकारसँग माग गरेका छन् । इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक ढाकाराम पौडेल, गैरसरकारी संस्था महासङ्घ…

August 15, 2017  
प्रदेश नम्बर ४ मा द्वन्द्वकालीन एक सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न

प्रदेश नम्बर ४ मा  सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रादेशिक मुकामले द्वन्द्वका १ सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको जानकारी दिएको छ । उक्त मुकाम असार ७ गते पोखरामा स्थापना गरिएपछि द्वन्द्वकालका विभिन्न घटनाहरूको प्रारम्भिक अनुसन्धान गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोग प्रदेश नम्बर ४ का विज्ञ खगराज आचार्यले बताए…

August 8, 2017  
'स्वाइन फ्लू' नियन्त्रणको माग गर्दै स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण

राजधानीलगायत देशका विभिन्न ठाँउमा देखिएको 'स्वाइन फ्लू' नियन्त्रणको लागि प्रभावकारी कार्यको थालनीको अनुरोध गर्दै मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले साउन १९ गते पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक उमेश शर्मासमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । 'धेरै व्यस्त रहने सार्वजनिक स्थलहरूमा यस सङ्क्रामक रोगको निदान, नियन्त्रण र प्राथामिक उपचारका लागि…

August 3, 2017  
मानव अधिकार देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्छः आयुक्त पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार जनताले देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र शान्तिका लागि नागरिक समाजको सञ्जालले संयुक्त रूपमा साउन १९ गते पोखरामा आयोजना गरेको मानव अधिकारमूखी विकास पद्धति र नागरिक समाजको अपेक्षा विषयक अन्तरक्रियामा बोल्दै…

August 3, 2017  
मानव अधिकार तालिम निर्देशिका परिमार्जन कार्यशाला गोष्ठी सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दुईदिने मानव अधिकार तालिम निर्देशिका परिमार्जन कार्यशाला गोष्ठी पोखरामा सुरू भएको छ । इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि तथा प्रलेख अधिकृतहरू सहभागी गोष्ठीमा मानव अधिकार तालिम निर्देशिका परिमार्जन गरिने इन्सेक केन्द्रीय कार्यलयकी बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठल बताइन् । उनले वर्तमान संविधान तथा…

August 3, 2017  
रोम विधान अनुमोदनको माग गर्दै सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै प्रदेश नम्बर ४ र ५ का विभिन्न जिल्लाहरूमा हस्ताक्षर सङ्कलन गरी तथा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । सोही अवसरमा साउन २ गते कास्कीको पोखरामा रोम विधान अनुमोदन गर्न…

July 17, 2017  
सेवा प्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा (इन्सेक)ले शिक्षाको अधिकारसम्बन्धी सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम असार २३ गते सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधारमा आफू सक्रिय भएको र पहिलेको तुलनामा धेरै सुधार भइरहेको बताए । पौडेलले सबै शिक्षकहरूलाई एउटै तुलामा राख्न नहुने…

July 8, 2017  
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले सन् २०१७ जनवरीदेखि जुनसम्मको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम असार १६ गते पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले पश्चिम क्षेत्रमा यो अवधिमा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे एक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…

July 2, 2017  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कास्की जिल्लामा सङ्कलित घटनाको प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा असार १२ गते पोखरामा सम्पन्न भएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधि सङ्गीता भाटले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्दै महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एउटा महत्वपूर्ण दस्तावेजको…

June 26, 2017  
इन्सेकको पहलमा सातजना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाए

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको पहलमा अपाङ्गता भएका सात जनाले असार ८ गते अपाङ्गताको परिचय पत्र पाएका छन् । इन्सेकको सहजीकरणमा अन्नपुर्ण गाउँपालिका-६ र ७ लुम्लेका सात जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् । इन्सेकको पहलमा रातो परिचय पत्र पाउनेमा ३२ वर्षीया सिता बिक, ६६ वर्षीया खगेश्वरी देवकोटा, २२…

June 23, 2017