सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा…

October 16, 2016  
यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २३ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा अभिभावकले असोज २३ गते नै…

October 9, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज १२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

October 2, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन्…

September 28, 2016  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर…

September 28, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले असोज ६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा मौखिक उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा जिल्ला बालकल्याण समिति…

September 24, 2016  
विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ । सञ्जालले असोज ६ गते प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नेपाल सरकारले ०६८…

September 22, 2016  
शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न

संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ । शान्तिका लागि नागरिक सञ्जालको साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन गर्दै सांसद  एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लोकतान्त्रिक मुल्य मान्यतालाई…

September 15, 2016  
कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप

पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् । शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको…

September 15, 2016  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार  

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखनाथ नपा-६ का ३९ वर्षीय बुद्धिबहादुर विकलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल…

September 12, 2016