रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
७१ औँ मानव अधिकार दिवसको सन्दर्भमा रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह रुपा गाउँपालिकाको आयोजना तथा रुपा गाउँपालिकाको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि, महिला समूहरुलाई मानव अधिकार, लैङ्गिक हिंसा र महिला अधिकारका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा…
पोखराबाट जोखिमपूर्ण श्रममा लगाइएका चार बालिकाको उद्धार
पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका चार जना बालिकाको उद्धार गरिएको छ । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकका चार ओटा होटलबाट १४ वर्ष मुनिका बालिकाहरूको उद्धार मङ्सिर २३ गते गरिएको हो । उदयपुर जिल्ला घर भएकी १३ वर्षीया सुस्मीता घर्तीमगर, १२ वर्षीया अस्मिता घर्तीमगर, रुपन्देही जिल्ला घर भएकी आठ वर्षीया इच्छा घर्तीमगर र…
मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्छः सभामुख अधिकारी
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को समापनका दिन पोखरामा आयोजित प्रभातफेरीमा बोल्दै उहाँले मानव अधिकारको विस्तृत व्याख्या गरिएको…
मानव अधिकार संरक्षण गर्ने दायित्व राज्यको होः मन्त्री चुमान
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को पहिलो दिन उद्घाटन समारोहमा रक्तदान कार्यक्रम गरेर मनाइएको छ । कार्यक्रमको उद्घाटनका क्रममा अन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले मानव अधिकार भनेको मानव मर्यादा भएको बताउनुभएको छ…
मानवीय विकासको आवश्यकता छः सांसद कोइराला
गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले भौतिक विकाससँगै मानवीय विकास अबको आवश्यकता भएको बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा गरिएको परियोजना परिचयात्मक कार्यक्रम तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै सांसद कोइरालाले मानवीय विकासका लागि सरकार भन्दा बढी नागरिक संवेदनशील र सचेत बन्नुपर्ने धारणा राख्नुभयो…
गण्डकी मेडिकल कलेजका सात जना विद्यार्थी गिरफ्तार
पोखरा महानगरपालिका–२७ स्थित गण्डकी मेडिकल कलेजबाट मङ्सिर १९ गते सात जना विद्यार्थीलाई परीक्षा बहिष्कार गरी क्याम्पसमा होहल्ला गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । पोखरा मनपा–७ स्थित गण्डकी मेडिकल कलेज होस्टलमा बस्दै आएका जनकपुर जिल्ला घर भएका २४ वर्षीय अनित सिन्हा, रुपन्देही जिल्ला घर भएका २३ वर्षीय विकास रेश्मी थापा,…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले अझै पनि मानव अधिकारको बारेमा पुग्दो सचेतना भइनसकेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले मानव अधिकारका लागि विभिन्न काममा बजेट विनियोजन…
प्रतिबन्धित नेकपा निकट पत्रकार गिरफ्तार
अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ घर भएका र हाल पोखरा महानगरपालिका–१ बगर बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध जनपत्रकार सङ्गठनका सदस्य २२ वर्षीय राजन साउदलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । ‘केही विषयहरू छन्…
अपाङ्गता भएका व्यक्तिलाई घरभित्र मात्रै सीमित राख्न हुदैनः मन्त्री पुन
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र राख्ने नभइ रोजगारीसँग जोड्नुपर्ने अबको आवश्यकता रहेको बताउनुभएको छ । ‘हिजो भन्दा धेरै काम भएका छन् र पनि पर्याप्त छैन । गर्नुपर्ने काम धेरै छन् ।’–मन्त्री पुनले भन्नुभयो–‘अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र राख्ने होइन रोजगारीसँग जोड्ने वातावरण बनाउनु पर्दछ ।’…
गोप्य मतदान गर्ने अधिकार हनन् हुने भन्दै मतदानस्थलको सिसि क्यामेरा हटाउन निर्देशन
निर्वाचनमा गोप्य मतदान गर्न पाउने अधिकार रहेको भन्दै जिल्ला निर्वाचन कार्यलय कास्कीले मतदान स्थलमा राखिएका सिसि क्यामेरा हटाउन निर्देशन दिएको छ । उपनिर्वाचनका लागि तोकिएका ३२ ओटै मतदानस्थलमा सिसि क्यामेरा भए नभएको चेकजाँच गरी हटाउन निर्देशन दिइएको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । ३२ मतदानस्थल मध्ये २८ ओटा…