शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको सहकार्य गर्दै वडामा मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समू्हका सदस्यहरूले शिक्षा, स्वास्थ्य,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी घर भई हाल पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने ५७ वर्षीय पुर्णबहादुर थापालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय…
प्रहरी र सर्वसाधारणबिच झडप हुँदा तीन जना घाइते
उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर सहित ३ जना घाइते भएका छन । घाइते हुनेमा प्रहरी इन्स्पेक्टर २८ वर्षीय ओमबहादुर पुन, प्रहरी हवल्दार ३८ वर्षीय प्रेमबहादुर थापा र बेसीशहर नगरपालिका–८ का ४१ बर्षीय शंकर न्यौपाने रहेका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका–२ का २९ वर्षीय हरि अर्याललाई पुस २२ गते गिफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २१ गते कक्षा कोठामा एक्लै भएको समयमा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशिष थापालाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र प्रसाद अधिकारीले…
गण्डकी प्रदेशमा मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा (इन्सेक)गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सम्पादन भेला सम्पन्न भएको छ । पुस २१ र २२ गते गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका ११ ओटै जिल्लाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्लग्न गरिएका मानव अधिकार उल्लङ्घन तथा…
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै सरूवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकोमा उनी दशै अगाडी नै समायोजनको क्रममा अन्यत्रै…
बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला
४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पीडितका ३० वर्षीय छोरालाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश बासुदेव पौडेलको पुस १४ गतेको इजलासले कसुर ठहर गर्दै हाडनाता करणी र बलात्कार कसुरमा जन्मकैद सजायको फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो…
अज्ञात पक्षद्वारा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा आगजनी
बेसीशहर नगरपालिका–३ स्थित धुपीचौरका सुर्यप्रसाद बराल र भोजप्रसाद बरालको एउटा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा अज्ञात पक्षले आगजनी गरेको छ । पार्किङ गरी राखेको ग८प ९३३५, ग५प २७४४ को मोटरसाइकल र ग१ख २४७२ नम्बर को माइक्रोबसमा पुस १३ गते राति करीब १ बजे आगो लागेको थियो । आगोका कारण मोटरसाइकल…
प्रर्दशनको क्रममा झडप हुँदा एक जना गिरफ्तार
संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर युवा विद्यार्थीहरुले मसाल जुलुस निकाल्ने क्रममा झडप हुँदा प्रहरीले एक जना विद्यार्थीलाई पोखरा मनपा–९ पृथ्वीचोकबाट गिरफ्तार गरेको छ । पोखरा मनपा–९ स्थित पृथ्वीचोकमा पुस १३ गते साँझ मसाल जुलुस प्रर्दशन गर्ने क्रममा राष्ट्रिय युवा सङ्घ कास्की सदस्य…