कैलाली

नागरिक सङ्गठनका संवैधानिक अधिकारसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नागरिक सङ्गठनका संवैधानिक अधिकारसम्बन्धी संवाद कार्यक्रम माघ २४ गते धनगढीमा सम्पन्न गरिएको छ । संवाद कार्याक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले गैरसरकारी संस्थाहरूले समाजमा देखिने गरी काम गर्न आवश्यक भएको बताउँदै आगमी दिनमा सरकार वा गैरसरकारी क्षेत्रले गर्न सबै गतिविधिहरू परि....

Post Update :February 8, 2019,  
बन्चरो प्रहार गरी पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले माघ ६ गते बिहान ३२ वर्षीया पत्नी रमा चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरे पश्चात पतिद्वारा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । पत्नीको टाउकोमा दुई पटक बन्चरो प्रहार गरेर हत्या गरेपछि प्रेमलालले घरको बार्दलीमा झुण्डि....

Post Update :January 20, 2019,  
अपरिचित व्यक्तिहरूको समूहले प्रहार गरेको धरिलो हतियारबाट एक जनाको मृत्यु, तीन जना घाइते

गोदावरी नपा–१ अत्तरिया बजारमा माघ ५ गते अपरिचित व्यक्तिहरूको समूहले धरिलो हतियार प्रहार गर्दा गोदावरी नपा–१ का १९ वर्षीय अरूण भट्टको मृत्यु भएको छ । सोही घटनामा परी गोदावरी नपा–१ का २१ वर्षीय सविन कटेल, सोही ठाउँकै २३ वर्षीय गणेश राई र १९ वर्षीय राजेश नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।....

Post Update :January 20, 2019,  
जातीय विभेद घटनाका आरोपित गिरफ्तार

धनगढी उमनपा–१३ बरबट्टाकी १४ वर्षीया विनिता नेपाली र २२ वर्षीय मदन नेपालीलाई माघ १ गते अपशव्द बोल्दै जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका २४ वर्षीय विशाल चौधरीलाई माघ २ गते गिरफ्तार गरेको छ । विशाल चौधरीले सञ्चालन गर्दै आएको खाजा पसलमा खाजा खाना जाँदा आरोपित विशाल चौधरीले अपशब्द प्रयोग गर्दै दलितले खाजा खाना आउन नहुने भन्....

Post Update :January 17, 2019,  
बालक अपहरण गरेको आरोपमा चार जना गिरफ्तार

गोदावरी नपा–६ स्थायी घर भई हाल धनगढी उमनपा–४ उत्तरबेहडी बस्ने १७ वर्षीय बालक बसन्त भाटलाई ०७५ माघ २ गते अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका–२ का २१ वर्षीय चक्र खडका, आदर्श गापा–५ स्थायी घर भई धनगढी उमनपा–२ का १९ वर्षीय हर्केश बाग, धनगढी उमनपा–२ का १९ वर्षीय कुन्दन जोशी र धनगढी उमनपा–२ का २२ वर्षीय छत्र क....

Post Update :January 17, 2019,  
दादुरा विरूद्धको खोप लगाउँदा बच्चाको मृत्यु, स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको पीडित पक्षको आरोप

जानकी गाउँपालिका–४ मा सञ्चालन भएको दादुराविरूद्धको खोप शिविरमा पुस २५ गते खोप लगाउन ल्याइएका १५ महिने बालक चरण चौधरीलाई दादुराविरूद्धको खोप लगाएको झण्डै १५ मिनेटपछि मृत्यु भएको छ । बच्चाका बुवा वासुदेव चौधरीले छोरालाई कुनै किसिमको स्वास्थ्य समस्या नरहेको बताउँदै खोप लगाएको १५ मिनटेमा नै छोरा ....

Post Update :January 10, 2019,  
बलात्कार घटनाका आरोपित २२ वर्षपछि गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कैलारी गाउँपालिका–७ का ५२ वर्षीय विरू कामीलाई प्रहरीले २२ वर्षपछि पुस २४ गते गिरफ्तार गरेको छ । ०५३ साल फागुन २१ गते जिल्ला अदालतले आरोपितलाई २ वर्ष ५ महिना १९ दिन कैद हुने फैसला गरेकोमा फरार रहेका प्रतिवादीलाई २२ वर्षपछि प्रहरीले गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिमल्सिनाले बताए । आरोपितलाई कैद भु....

Post Update :January 9, 2019,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस १३ गतेदेखि धनगढीमा सुरू गरिएको छ । सम्पादन भेलामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज ज....

Post Update :December 29, 2018,  
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगद्वारा सेती अञ्चल अस्पतालको अनुगमन 

इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको ठहर गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पतालको मङ्सिर २६ गते सं....

Post Update :December 14, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश माध्यामिक विद्यालय जोशीपुरका ३५ वर्षीय शिक्षक नारायाण चौधरीलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित विद्यार्थीलाई आरोपितले विद्यालयको आयोजनामा गएको बनभोज कार्यक्रमबाट फर्कने क्रममा मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्....

Post Update :December 8, 2018,  






Top