काठमाडौँ

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले सो प्रतिवेदन सार्वजनिक नभ....

Post Update :March 17, 2019,  
गिरफ्तार भएका १६ मानव अधिकारकर्मी रिहा

सिंहदरबार परिसरबाट फागुन २९ गते गिरफ्तार भएका १६ जना मानव अधिकारकर्मी सोही दिन साँझ रिहा भएका छन् । सिंहदरबार अगाडि मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजना गरिएको विरोध प्रदर्शन कार्यक्रमबाट मानव अधिकारकर्मी उत्तम पुडासैनीसहित १६ जनालाई प्रहरीले सिंहदरबार परिसरबाट गिरफ्तार गरेको हो । ....

Post Update :March 14, 2019,  
बन्दका कारण प्रदेश ३ को जनजीवन आंशिक प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको फागुन ३० गतेको नेपाल बन्दको कारण प्रदेश ३ का १३ जिल्लाको जनजीवन आंशिक प्रभावित भएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् । काठमाडौँ उपत्यकामा निजी सवारी थोरै मात्र चलेका छन् भने सार्वजनिक सवारी साधन कमै चलेका छन् । ....

Post Update :March 14, 2019,  
संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी अधिवेशन सुरु

संयुक्त राष्ट्रसंघीय महिलाको अवस्थासम्बन्धी आयोगको ६३ औँ अधिवेशन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालय न्युयोर्कमा फागनु २५ गतेदेखि सुरु भएको छ । अधिवेशनमा संयुक्त राष्ट्रसंघको सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको छ । सोही क्रममा महिला अधिकारका विभिन्न विषयगत सवालमा समानान्तर सम्मेलन आयोजना गरिएका छन्....

Post Update :March 13, 2019,  
अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइयो

१०९ औ अन्तर्राष्ट्रिय महिला दिवस प्रदेश ५ का जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाइएको छ । अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार महिला अधिकार सुनिश्चत गर्ने सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन् । सन्धिखर्क नगरपालिका, अन्तरपार्टी महिला सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) लगायत सङ्घ संस्थाहरूको अयोजनामा फागुन २४ गते “समानताका लागि समान सोच ....

Post Update :March 9, 2019,  
सरकार र स्वतन्त्र मधेस गठबन्धनबिच ११ बुँदे सहमति

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच फागुन २४ गते गरिएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिभाज्....

Post Update :March 8, 2019,  
विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

समाजमा रहेका बोक्सी तथा छाउपडी लगायत महिला विरुद्ध हुने हिंसा र कुप्रथाहरु जरैदेखि फाल्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी छन् । १०९ औँ अन्तराष्ट्रि महिला दिवसको उपलक्षमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयद्वारा मार्च ८ का दिन राष्ट्रिय सभागृह भृकुटी मण्डपमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै राष्ट्र....

Post Update :March 8, 2019,  
बाँकी कामा सकेर शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन माग

सङ्क्रमणकालीन न्यायलाई ठीकढङ्गबाट सम्बोधन गरेर शान्तिप्रकृया टुङ्गोमा पुर्‍याउन जबाफदेहीता निगरानी समितिले सरकार तथा सरोकारवालासमक्ष माग गरेको छ । यसलाई सम्बोधन गर्न बनेका वेपत्ता पारिएका ब्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप्ने एवम् तिनका पदाधिकारीको समयावधि यही चैत्रसम्म थप्ने गरी ऐन संशोधन गरिएको ....

Post Update :March 5, 2019,  
हेलिकप्टर दुर्घटनामा जयान गुमाएकाप्रति इन्सेकद्वारा शोक व्यक्त

तप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत सातै जना मर्तकप्रति श्रद्धाञ्जली अर्पणा गर्दै इन्सेकले परिवारजनमा शोक व्यक्त गरेको छ । ....

Post Update :March 1, 2019,  
ठाउँठाउँका एनसेल टावरमा विष्फोट, ललितपुरमा एकको मृत्यु

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा घाइते भएका सिङ्गप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दिपकप्रसाद घिमिरेले जनाएका छन् । लमजुङ् जिल्ला साविक गिलुङ् गाविस स्थायी ठेगाना भएका ३९ वर्षीय गुरुङको मेडिसिटी अस्पतालमा उपचारको ....

Post Update :February 23, 2019,  






Top