पाँच बुँदे सहमतिपछि वादी समुदायको धर्ना फिर्ता
खेतीयोग्य भूमि र आवासको माग गर्दै धर्नामा बसेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच फागुन २६ गते पाँचबुँदे सहमति भएपछि वादी समुदायले धर्ना कार्यक्रम फिर्ता लिएका छन् । वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गरिदिने, १० लाख सम्मको ब्याज रहित ऋणको व्यवस्था, वादी समुदायको उत्थान र विकासका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो । आरोपित र दुइ दिदि बहिनी ०७६ साउन महिनामा घरको एउटै कोठामा सुतेको अवस्थामा घटना भएको पीडित परिवारले इन्सेकलाई बताए । पीडित बालिका हाल ८ महिनाको…
शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड
शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक सल्यानको आयोजनामा फागुन २६ गते सदरमुकाम खलङ्गामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको मौलिक अधिकार भित्र पर्ने भएकाले सर्वसुलभ एवम् गुणस्तरीय हुनुपर्ने बताएका र यसका लागि…
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ । मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उदेश्यले फागुन २६ गते बुद्धि हमालको संयोजकत्वमा १३…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा छेडागाड नगरपालिकामा फागुन २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले इन्सेकले सञ्चालन गरेका कार्यक्रमको प्रभावबाट नागरिकहरूले राहत पाउँदै आएको बताउनु भयो । नगरपालिकाले…
पारिश्रमिक नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको भन्दै फागुन २५ गतेदेखि आन्दोलित भएका छन । दुई महिनादेखि पारिश्रमिक नपाएको भन्दै विशेषज्ञ करार सेवा अन्र्तगतका ५८ जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन । ०७७ फागुन मसान्तभित्र पारिश्रमिक नदिए आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने पनि उनीहरूले चेतावनी दिएका…
स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही प्रभावित
चंखेलि गाउँपालिका –४ को तल्लो पालीस्थित स्वास्थ्य चौकीमा मङ्सिर महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०७७ मङ्सिरको पहिलो हप्तामा चिसो छल्ने बहानामा घर गएका स्वास्थ्यकर्मीहरू हालसम्म नफर्किएपछिसेवा लिनबाट प्रभावित भएको चंखेलि गाउँपालिका–४ का विष्णु भक्त जैसिले बताउनुभयो । कर्मचारी नभएपछि तल्लो पाली र माथिल्लो पालीका ९५ घरदुरी १…
चार सन्तानसहित कर्णालीमा हाम फालेको आशङ्का, एक जना बाहेकको शव फेला
चार छोराछोरी सहित फागुन २४ गते बिहान घरबाट निस्किएकी दैलेखको आठबीस नगरपालिका –३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र तीन जना बालबालिकाको शव कर्णाली नदीमा फेला परेको परेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको…
हुम्लाका स्थानीय कुहिएको चामल खान बाध्य
सर्केगाड गाउँपालिका भित्रका स्थानीयहरू कुहिएको चामल खान बाध्य भएका छन् । सर्केगाड गाउँपालिका –१ जैरका दिलबहादुर कार्कीले दुई घन्टा हिडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बालुकुना डिपोमा गएर कुहिएको चामल ल्याउनु परेको गुनासो गर्नु भयो । ‘डिपोमा कुहिएको चामल मात्रै थियो । घरमा अन्न नभएपछि त्यहि भएपनि ल्याएँ’ कार्कीले भन्नुभयो…
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल निर्माण गरिएको छ । मानव अधिकार रक्षकहरूलाई संगठित गरी मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्याउने उदेश्यले फागुन २४ गते एक कार्यक्रमको आयोजना गरी साथ नागरिक…