मानव अधिकार अभिलेखीकरणले न्यायिक काममा सघाउ पुग्यो : न्यायाधीश लामिछाने

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार अभिलेखीकरण कार्यले अदालतको न्यायिक कामलाई समेत सघाउ पुगेको बताउनुभएको छ । इन्सेकका कार्यसमिति सदस्य शोभाकर बुढाथोकीसँगको भेटमा उहाँले सो धारणा राख्नुभएको हो । न्यायाधीश लामिछानेले मानव अधिकारको अवस्था विषयमा स्थलगत जानकारी लिन दैलेख पुग्नुभएका बुढाथोकीसँग चैत ९ गते दैलेख…

March 24, 2021  
मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पुर्‍याउने उदेश्यका साथ सञ्जाल गठन गरिएको हो । अधिकारकर्मी…

March 23, 2021  
मानव अधिकार रक्षकहरू सुरक्षित भए मात्र पैरवी प्रभावकारी हुन्छ : बुढाथोकी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले अरूको मानव अधिकार वकालत गर्ने क्रममा मानव अधिकार रक्षकहरू नै जोखिममा पर्ने गरेको बताउनुभएको छ । इन्सेकले चैत ९ गते दैलेखमा मानव अधिकार रक्षकहरूको सवलीकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण कार्यक्रममा बुढाथोकीले उक्त विचार राख्नुभएको हो । बुढाथोकीले मानव अधिकार रक्षकहरूको…

March 23, 2021  
रोजगारीका अन्य अवसर नहुँदा बालुवा गिट्टीको कामबाट दैनिकी सञ्चालन

दार्मा गाउँपालिकाको भल्चौरका लालबहादुर थापाले बालुवा चालेर आफ्नो पढाइ खर्च जुटाउने गरेको बताउनु भयो । स्थानीय विद्यालयमा एसईई सकाएर उच्च शिक्षा हासिल गर्न जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा पुगेपछि बालुवा चाल्दै कक्षा १२ सम्मको अध्यन पुरा गरेको उहाँको भनाई छ । आफूसंँगै भाइ र बहिनीको पढाइ खर्च जुटाउनको लागि शनिवार तथा…

March 22, 2021  
मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था विषयक कार्यशाला सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा चैत ८ गते प्रदेशमा मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था विषयक कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाकर बुढाथोकीले  राज्यलाई जिम्मेवार र जवाफदेही बनाउन मानव अधिकार रक्षकहरूको प्रमुख भूमिका रहेको बताउनु भएको छ । मानव अधिकारको संरक्षण,…

March 22, 2021  
आमासँगै कर्णालीमा हाम फालेको आशङ्का घटनाको अनुसन्धान जारी, रजनीको शव फेला

आमा र चार सन्तानले कर्णाली नदीमा हामफालेको आशङ्का गरिएको घटनामा ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । घटनाको नवौं दिन चैत ३ गते अछामको तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको शव पोष्टमार्टमका लागि अछामको मङ्गलसेन…

March 17, 2021  
उपभोक्ता हितसम्बन्धी कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड

उपभोक्ता हितसम्बन्धी संघ, प्रदेश र स्थानीय तहले निमार्ण गरेका कानुन तथा नियमावली अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ । वीरेन्द्रनगर नगरपालिका, इन्सेक कर्णाली प्रदेश कार्यालय र उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको आयोजनामा चैत २ गते सम्पन्न मौलिक हक कार्यान्वयनका लागि उपभोक्ता संरक्षण नीति तर्जुमाको आवश्यकता विषयक अन्तरक्रिया…

March 17, 2021  
आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ०७७ असोज महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पनि नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिने तर आफूहरूले ८ महिनादेखीको भत्ता नपाएकोमा कसैले पनि चासो नदिएको उनीहरूको गुनासो छ । ‘दशैं तिहारमा दिन्छन भन्ने आशा थियो,…

March 14, 2021  
आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा आवासको अधिकार विषयक  अन्तरक्रिया कार्यक्रम  फागुन २९ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत आवासको अधिकार सवालमा रोकारवालाबीच  अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरबहादुर…

March 14, 2021  
विद्यालयको छाना हावाले उडाउँदा विद्यार्थीलाई समस्या

छायाँनाथ रारा नगरपालिका –६ लिउडीको मष्टा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरूलाइ समस्या भएको छ । ०७७ फागुन १८ गते चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाएको तथा भवनको पर्खाल समेत क्षति हुँदा विद्यार्थीहरूको दैनिक पठन पाठनमा समस्या भएको हो । ‘विद्यालयको छाना हावाले उडाएको छ । पर्खाल समेत भत्केका छन’…

March 13, 2021