कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कर्णाली प्रदेशका कृषकहरूलाई दिइने कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउने बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले खाद्यका लागि कृषि अभियान र राष्ट्रिय कृषक समूह महासंघले पुस १९ गते वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार सम्बन्धि सरोकारवालाबीच अन्तरक्रियामा सचिव मिश्रले सो…
अज्ञात पक्षद्वारा कर्णाली प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी
कर्णाली प्रदेशसभा सदस्य एवंम अर्थ तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा ०७७ पुस १६ गते राती आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका सिंहको ‘कर्णाली प्रदेश ०२००१ झ ००४०’ नम्बरको गाडीमा आगो लगाउनेहरूको पहिचान नभएको डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । ‘माननीय सिंह…
सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिका घाइतेलाई प्रदेश सरकारले उपचार गर्ने
कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलका घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ । दुवै आन्दोलनमा घाइते तथा अपाङ्गता भई उपचार गराउन नसकेकाहरूलाई कार्यविधी बनाएर उपचार खर्च व्यहोर्न थालिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले द्वन्द्व पीडित, घाइते, अपाङ्ग…
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीमा ०७७ मङ्सिर पहिलो हप्ताबाट स्वास्थ्यकर्मी नहुँदा सेवा प्रबाहमा समस्या भएको छ । अत्याधिक पेट दुखेपछि उपचार गर्न गएकी ताँजाकोट गाउँपालिका–२ की जयकला जैसी तीन घण्टा स्वास्थ्य चौकीमा कुरेर पनि उपचार नपाएको गुनासो गर्नु भयो । आफू जस्तै अन्य बिरामीहरुले पनि समयमा उपचार नपाएको उहाँको…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१५ वर्षीया बालिकालाई ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी विरूद्ध ०७७ पुस १३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएका छन् । आरोपितले विभिन्न प्रलोभनमा पारेर पटक/पटक बलात्कार गरेको पीडितको आमाले इन्सेकलाई बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस…
कर्णालीमा वार्षिक सम्पादन भेला शुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को कर्णाली प्रदेश स्तरीय वार्षिक सम्पादन भेला वीरेन्द्रनगरमा शुरू भएको छ । भेला उद्घाटन सत्रमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले परिवर्तित राजनीतिक घटनाक्रमपछि देखिएको अवस्थालाई मध्यनजर गर्दै इन्सेककर्मीहरू सचेत रहन आग्रह गर्नुभयो…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक दैलेखको आयोजनामा पुस १३ गते सदरमुकाम दैलेख बजारमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन २०२० जनवरी देखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याददिका ७२ वटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । जस…
कार्ययोजना कार्यान्वयनका लागि सहयोग प्रदान
इन्सेक सुर्खेतद्वारा लेकबेसीनपा–९ खाँडदेवी मावि र वीरेन्द्रनगर नपा–१० को जनसेवा माविमा गठित बाल अधिकार चेतना समूहलाई इन्सेकले पुस १३ गते नगद सहयोग प्रदान गरेको छ । बाल अधिकार चेतना समूहले तयार गरेको कार्ययोजना सम्पन्न गर्न प्रति समूह ७ हजार ३ सय ७१ रूपियाँ दरले नगद सहयोग प्रदान गरिएको इन्सेक सुर्खेतका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक सुर्खेतको आयोजनामा पुस १२ गते वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले सन २०२० जनवरी देखि डिसेम्बर सम्म जिल्लमा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका ८९ घटनाहरु प्रस्तुत गर्नुभएको थियो । जस अन्तर्गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–४ का २२ वर्षीय शुरेस बस्नेत र सोही ठाउँका २२ वर्षीय मनोज गिरीलाइ प्रहरीले पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस ८ गते घरमै बलात्कार गरेको भन्दै विभिन्न संघ संस्थाको पहलमा पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितहरू बिरुद्ध उजुरी…