सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवालय गाउँपालिकामा चैत २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष लगायत अन्य सदस्यहरूले सरकारले विद्यालयमा सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने भने पनि एक पटक महिनावारी हुँदा एउटा मात्र प्याड दिने गरेको, धेरैजसो…
बालबालिकाको भविष्य सुनिश्चित गर्न ध्यानाकर्षण
बालबालिकाहरूको जीवन र भविष्य असुरक्षित भएको भन्दै मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७७ चैत २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा फागुन २४ गते गठित सञ्जालका संयोजक राजेन्द्रविक्रम शाह, सह-संयोजक विजया नगरकोटीलगाएतको टोलिले बालबालिकाको विभिन्न अधिकारहरुमा अवरोध देखिएकोमा स्थानीय सरकार र अन्य सरोकारवालाहरू पर्याप्त संवेदनशील नभएको भन्दे…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने फैसला गरेको छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट ०७७ चैत २७ गते उक्त…
खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र
सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को ध्यानाकर्षण गराएका छन । महासंघका जिला अध्यक्ष भरतराज विष्ट र इन्सेकद्वारा खाँडाचक्र नपामा गठित मानव अधिकार समूहका उपाध्यक्ष दक्षीणा शाहद्वारा…
यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार
सोरू गाउँपालिका–९ कालै गाउँकी लक्ष्मी चौलागाईलाई चैत २१ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावललाई चैत २४ गते तारापानीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई घर नजिकै सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपितले यौन दुर्व्यवहार (बलात्कारको प्रयास) गर्दा बालिकाले इन्कार गरेपछि…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
२७ वर्षीया महिलालाई ०७७ फागुन २१ गते बलात्कार गर्ने ४९ वर्षीय ससुराविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते उजुरी दर्ता गरेको छ । फरार आरोपितको खोजी र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो । दुई वर्ष पहिले बलात्कार गरेको समयमा पतिलाई जानकारी गराउँदा…
दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता
आठबीस नगरपालिका–२ सिंगौडीकी ३८ वर्षीया धनाकुमारी पोखरेल शाहीले चैत २० गते आफूलाई राष्ट्रिय प्राथमिक विद्यालय सिस्नेको अभिभावक भेलामा कुटपिट र दुर्व्यवहार गरेको भन्दै सोही ठाउँका ४८ वर्षीय जयबहादुर शाहीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका जयबहादुर शाहीले ०७७ चैत १३ गते विद्यालयको शौचालय निर्माण गर्न…
मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता एक्कबहादुर पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल पुनर्गठन गरिएको हो । यसअघि जिल्लामा रहेको ७ सदस्यीय सञ्जाललाई विस्तार गरी १३ सदस्यीय…
कोभिड–१९ को सङ्क्रमितको सङ्ख्यासँगै चुनौति बढ्दो
कर्णाली प्रदेश समाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार ०७७ चैत १९ गतेसम्म प्रदेशमा ७ हजार ५ सय ८६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । जसमध्ये २ हजार ६० महिला र ५ हजार ५ सय २५ पुरूषको सङ्ख्या रहेको छ । ९८ हजार ३१ को आरटिपिसिआर परीक्षण गरिएकोमा ८८ हजार ९…
नक्कली बिरूवा वितरण गरेको भन्दै कृषकद्वारा क्षतिपूर्ति माग
कनकासुन्दरी गाउँपालिकाले नक्कली ओखरको बिरूवा वितरण गरेको भन्दै कृषकले क्षतिपूर्तिको माग गरेका छन् । जुम्लामै ग्राफ्टिङ गरेर उत्पादन गरेको दाँते ओखरको बिरूवा वितरण गर्नुपर्नेमा गाउँपालिकाले टेन्डर मार्फत खरिद गरेको तर ग्राफ्टिङ नगरेको ओखरको बिरूवा वितरण गरेको पुष्टि भएपछि कृषकले क्षतिपूर्तिको माग गरेका हुन् । ठेकेदार र कृषि शाखाको मिलेमतोमा ग्राफ्टिङ…