कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ । कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले 'बोक्सी' भन्दै…

December 2, 2016  
पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मदिरा सेवन गरी घर आएका आरोपितले मङ्सिर १५ गते कुटपिट गरी हत्या गरेको छिमेकीहरूले सूचना दिएपछि अनुसन्धानका लागि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको डिएसपी श्यामबहादुर खत्रीले…

December 2, 2016  
जातीय विभेद गरेको घटनामा मिलापत्र

त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेपनि मङ्सिर १७ गते दुवै पक्षबिच मिलापत्र गराएको छ । घटनाका सम्बन्धमा प्रहरी चौकी त्रिपुराकोटमा भएको छलफलमा आरोपितले पीडित समक्ष गल्ती स्वीकार…

December 2, 2016  
गाउँमा प्रसूति सेवा नहुँदा 'हेलिकप्टर चार्टर'

गाविसमा प्रसूति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर हेलिकप्टर चार्टर गरी उपचार गर्नु परेको लिमीका स्थानीयबासीले गुनासो गरेका छन् । प्रसूति ब्यथाबाट पीडित लिमि गाविस-२ की ३५ वर्षीया डोल्माफुटी तामाङको ज्यान जोखिममा परेपछि उनका घरपरिवारले सात लाख रुपियाँ खर्चेर काठमाडौँबाट हेलिकप्टर चार्टर गरी मङ्सिर १५ गते अस्पताल लगिएको डोल्माफुटीका पति तेञ्जीङ…

December 1, 2016  
बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबाना

शिद्धेश्वरी-७ फलाँटेका ३४ वर्षीय विरबहादुर बोहरालाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सल्यानले मङ्सिर १३ गते १ वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । उनकी ३७ वर्षीया पत्नी देवी बोहोराले आफू हुँदाहुँदै रुपा सापकोटासँग विवाह गरेको आरोपमा प्रहरीमा साउन २९ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले गरेको…

November 29, 2016  
इन्सेकको पहलमा बन्द विद्यालयमा पठनपाठन सुचारु

स्थानीय तहको सिमाङ्कनका विषयमा असन्तुष्ट पक्षले दैलेखको कालभैरव, गमौडी र मालिकामा बन्द गरेका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । मङ्सिर ५ गतेदेखि बन्द गरिएका तीन वटै गाविसका ३७ वटा विद्यालय इन्सेकका जिल्ला प्रतिनिधिको पहलमा खुला गरी सञ्चालनमा ल्याइएको हो । जिल्ला शिक्षा कार्यालयको आग्रहमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले समुदायस्तरमै…

November 29, 2016  
बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२१ वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जगनाथ गाविस-९ का २२ वर्षीय यामबहादुर शाहीलाई जिल्ला अदालत दैलेखले मङ्सिर ९ गते पाँच वर्षकैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट उक्त फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए । पीडित महिलालाई आरोपितले…

November 24, 2016  
जिल्लाका २ सय ३६ बालबालिकामा कडा कुपोषण

यस वर्षको भदौदेखि कात्तिक महिनासम्म जिल्लाका २७ गाविसका १ हजार ३ सय ५ जना बालबालिका मध्ये २ सय ३६ जना बालबालिकामा कडा कुपोषण र १ सय १४ जना बालबालिकामा कम खाले कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम हुम्लाले जनाएको छ । श्रीनगर, दार्मा, साया, छिप्रा, डाँडाफया स्वास्थ्य चौकी र…

November 24, 2016  
सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षित समुदाय पीडित

नेपाल सरकारले लक्षित समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक अहिले सम्म वितरण नगरेकाले लक्षित समुदाय पीडित भएका छन् । सिमकोट र लिमि गाविस बाहेक अन्य २५ ओटा गाउँ विकास समितिका सचिवले उक्त भत्ता वितरण नगरेपछि लक्षित समुदाय पीडित भएका हुन् । जिल्ला विकास समितिले यस आर्थिक वर्ष२०७३/०७४ को…

November 24, 2016  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मङ्सिर ७ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । दिदीसँग बाख्रा चराउन जङ्गल गएको समयमा असोज १३ गते आरोपित बालकले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । बालिकाको जिल्ला अस्पताल खलङ्गामा स्वास्थ्य परीक्षण…

November 23, 2016