जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत पुस १० गते जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवाल, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूका बारेमा अनुगमन, सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य गर्न र सेवाप्रदायक निकायहरूलाई जिम्मेवार हुन दबाव सिर्जना…
बालमैत्री बसाइ व्यवस्थाले विद्यार्थीको उपस्थिति दर बढायो
भोक लाग्दा खान दिने, जाडो लाग्दा जामा । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। किताव, कापी, कलम छ कि छैन झोला । भोक लाग्दा स्कुलमा के पो खान्छ होला ।। चिन्ता गर्ने सधैं हाम्रो देख्ने सधैं साना । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। जिमाली गाविस–७ का चार वर्षीय बालक…
घटना सङ्कलनमा अल्छी नगर्न सरोकारवालाको सुझाव
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानव अधिकार वर्षपुस्तकको आकार पातलिँदै आएको सन्दर्भमा घटना सङ्कलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिएका छन् । इन्सेकले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि एक वर्षको अवधिमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्…
उपचारको ढिलाइले समीक्षाको मृत्यु भएको छानबिन समितिको प्रतिवेदन
वीरेन्द्रनगरस्थित हेराइजन एकेडेमी कक्षा नौ मा अध्यनरत १३ वर्षीया छात्रा समीक्षा आचार्यको उपचारमा ढिलाइको कारण मृत्यु भएको निष्कर्ष नागरिकस्तरबाट गठित छानबिन समितिले सार्वजनिक गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाको संयोजकत्वमा गठित समितिले पुस ५ गते साँझ पत्रकार सम्मेलनमार्फत उक्त निष्कर्ष सार्वजनिक गरेको हो । कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार…
गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित
गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए । पुस २ गते गाउँ परिषद सञ्चालन गर्ने विषयमा रायामा बसेको स्थानीय राजनीतिक दलहरूको बैठकले परिषद अनिश्चितकालका लागि…
कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला
कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह-५ की ४५ वर्षीय लली पुनलाई पाँच वर्षकैद र जनही…
न्यायिक प्रक्रियामा आउन नसकेका घटनालाई वर्षपुस्तकमा समेट्न सुझाव
न्यायिक प्रक्रियामा आउन नसकेका सबै प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका सम्बन्धमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन्…
बलात्कारका घटना बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त
जिल्लामा बलात्कारका घटना बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेकद्वारा खलङ्गामा मङ्सिर २९ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् । पूर्व समीक्षा कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याव)का केन्द्रीय सदस्य रमेशकुमार गौतमले पछिल्लोपटक जिल्लामा…
मानव अधिकार वर्षपुस्तकका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा मङ्सिर २८ गते सम्पन्न गरेको छ । इन्सेक मुगुले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको…
रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन
उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्यालीमा सहभागी १६ वर्षीया बालिका समीक्षा आर्चायको रहस्यमय मृत्यु भएको घटनाको छानविनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन भएको छ । पुनरावेदन वार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको…