ढुङ्गा प्रहार गरी हत्या

नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य भेरीमालिका-३ का रवीन्द्र शाहको चैत १५ गते  अज्ञात समूहले हत्या गरेको राससले जनाएको छ । पीडित शाहलाई जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै ५/६ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हाल उनी पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए । घटनाका…

March 29, 2017  
नागरिकता ऐन नबनेको भन्दै प्रशासन कार्यालयले नागरिकता नदिएको पीडितहरूको गुनासो

वीरेन्द्रनगर नपा-९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र उनका १७ वर्षीय भाइ सुरज मेहत्तर पोडेलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले वंशजको आधारमा नागरिकता दिने ऐन नबनेको भन्दै नागरिकता नदिएको पीडितद्वयले गुनासो गरेका छन् । नेपालको संविधान को भाग २ अन्तर्गत दफा ११ को उपदफा ३ बमोजिम संविधान प्रारम्भ हुनुभन्दा अघि…

March 29, 2017  
मानव अधिकार संरक्षणका लागि विभेदमूखी पद्धति त्याग्नुपर्नेमा जोड

मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सबै पक्षले विभेदमूखी पद्धति तत्काल त्याग्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा चैत १५ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको 'घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार' विषयक दुईदिने क्षेत्रीय सम्मेलनका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।…

March 28, 2017  
स्थानीयबासीले बालविवाह बदर गराए

१५ वर्षीया एक बालिकालाई अभिभावकले जबरजस्ती गराएको विवाह स्थानीयबासिन्दाले चैत १४ गते बदर गराएका छन् । आफूलाई जबरजस्ती विवाह गराएको भन्दै बालिकाले भेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेपछि स्थानीयबासीले उनको विवाह बदर गरेका हुन । पीडित बालिकाका अभिभावकले त्रिपुरा सुन्दरी नपा-७ का २५ वर्षीय केशव नेपालीसँग चैत १० गते बालविवाह…

March 28, 2017  
रेबिजविरूद्धको सुई अभाव हुँदा बिरामी मर्कामा

सल्यानका स्वास्थ्य संस्थामा रेबिजविरूद्धको सुईको अभाव भएको छ । कुकुर तथा अन्य जनावरले टोकेका बिरामीलाई लगाइने रेबिजविरूद्धको सुईको अभाव भएपछि बिरामीहरूले निजी क्लिनिकमा पुगेर चर्को शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । रेबिजविरूद्धको सुई जिल्लामा अभाव भएपछि बिरामीहरू मर्कामा परेका हुन् । सरकारले स्वास्थ्य संस्थामार्फत रेबिजविरूद्धको सुई निशुल्क रूपमा उपलव्ध गराउँदै…

March 28, 2017  
महिला कैदीबन्दीद्वारा आयमुलक सीपको माग

जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र  आयमुलक सीप सिकाउन माग गरेका छन् । 'अक्षर चिन्नु पर्ने सबै भन्दा अनिवार्य रहेछ भन्ने कुरा बल्ल बुझियो ।'-कैदी जिवन बिताइरहेकी ३२ वर्षीया सीता बस्नेतले भनिन्-'आफन्तजनलाई फोन गर्नु पर्दा अरू मानिसलाई मोबाइल नम्बर हान्दिनुस भन्नु पर्छ । सल्यान जिल्ला…

March 27, 2017  
इन्सेक प्रतिनिधि स्थानीय शान्ति समितिको सदस्यमा चयन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्थानीय शान्ति समिति दैलेखले सदस्य पदमा मनोनयन गरेको छ । स्थानीय स्थानीय समितिका जिल्ला संयोजक पार्वती बिशुन्केको अध्यक्षतामा चैत १२ गते बसेको बैठकले सुनारलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । चैत १२ गतेदेखि नै लागू हुने गरी सुनारलाई मनोनयन…

March 25, 2017  
बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

नारायण नपा-७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका-६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही दुई वर्षकैद र १५/१५ हजार रुपियाँ जरिबाना गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई चैत ११ गते उक्त सजाय सुनाइएको दैलेख जिल्ला अदालतका नासु बिनोद आचार्यले…

March 24, 2017  
बहुविवाह गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

दुल्लू नपा-११ सिस्ने टोलका ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका-८ जौबारीकी २४ वर्षीया बिना जैसीलाई बहुविवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २०-२० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । आरोपित कलमकी पत्नी सीता भण्डारीले प्रहरी समक्ष गत असोज ३० गते आरोपितद्वयले…

March 23, 2017  
कुटपिट गरेको आरोपमा देवरविरुद्ध उजुरी

रास्कोट नपा-१ की ३७ वर्षीया एकल महिला सुमित्रा वमलाई चैत ७ गते राति ३२ वर्षीय देवर गणेशबहादुर वमले कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ । मदिरा सेवन गरी घर आएका देवरले 'विधुवा' घरमा बस्न हुँदैन भन्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । देवरको कुटपिटबाट पीडित महिलाको टाउको…

March 21, 2017