प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते
गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय मल्ल मेडिकलमा भइरहेको छ । त्यसैगरी सोही गाविस-४ का ३८ वर्षीय लोकबहादुर…
शान्ति स्थापनाको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्वपीडितको गुनासो
शान्ति स्थापना भएको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्व पीडितले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-३ जुम्लाकोटकी ३० वर्षीया अमृता रावतले राहत नपाएको गुनासो गरेकी हुन् । अमृता भन्छिन्-'बाँया गोडामा २३ ओटा र्छरा रहेको १३ वर्षबित्यो । राहत पाएकी छैन ।'-सशस्त्र द्वन्द्वको समयमा म्याग्दीको बेनी बजारको आक्रमणमा बाँया गोडामा…
जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर
जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरू बाल मैत्री हुन नसक्नुलगायतका कारणले ६ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै रहेको उनीहरूले बताएका हुन् । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा जुम्लाको बालअधिकार अवस्थाका…
सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा
स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा भएको सिटामोल पनि अब सकिन लागेकाले त्यसको पनि अभाव हुने देखिएको स्थानीयबासी अज थापाले जानकारी दिए । 'पहिला पहिला आएका बिरामीलाई अलिकति सिटामोल दिएर फर्काउने गरेको थिए । अब…
खाद्य संस्थानमा चामलको ढुवानी नहुँदा स्थानीय अन्नको माग
हुम्लाको खाद्य संस्थानमा हवाई जहाजबाट चामल ढुवानी हुन नसक्दा स्थानीय अन्नको माग बढेको छ । संस्थानले असोज २७ गते गाविसको कोटाको चामल एक घरको दश केजीका दरले वितरण गरेको थियो । उक्त चामल मङ्सिर २ गतेसम्म ढुवानी नभएपछि जिल्ला प्राथमिक खरिद समितिको सरकारी निर्णय अनुसार कात्तिक ३० गते बसेको समितिले…
महिला विकास अधिकृतद्वारा आफैलाई अपाङ्गता परिचयपत्र !
महिला विकास अधिकृत विश्वमणी जोशीले आफैलाई अपाङ्गता परिचयपत्र बनाएकी छन् । कात्तिक ३० गते जारी गरिएको ३७४८ नम्वरको 'ग' वर्गको परिचयपत्रमा दुवै आँखाको दृष्टि कमजोर भनी परिचयपत्र बनाएको पाइएको हो । उनी उमेरले ५४ वर्षीया भइन् । तपार्इँले आफैलाई परिचयपत्र जारी गर्न मिल्छ भनी इन्सेक प्रतिनिधिको प्रश्नमा उनले भनिन्-'मेरो आँखा…
महान्यायधिवक्ताको कार्यालयबाट राप्तीका कारागार र हिरासतको अनुगमन
महान्यायधिवक्ताको कार्यालय काठमाडौँले मङ्सिर ३ गते जिल्ला कारागार सल्यान र प्रहरी हिरासतको अनुगमन गरेको छ । कैदीबन्दीहरूको मानव अधिकारको अवस्था, ज्यादती तथा उनीहरूले भोगेका समस्याबारे टोलीले अनुगमन गरेको जनाएको छ । सह न्यायाधिवक्ता गिताप्रसाद तिमल्सिना र सहन्याधिवक्ता खेमराज ज्ञवालीसम्मिलित महान्यायधिवक्ताको कार्यालयको टोलीले जिल्ला कारागार र प्रहरी हिरासतको अनुगमन गरेको जिल्ला…
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन् । दसैँ र तिहारको विदामा घर गएका जिल्ला बाहिर र जिल्ला भित्रैका स्वास्थ्यकर्मी दसैँ तिहार सकिएको लामो समय बितिसक्दा…
क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या
जिल्ला कारागार जुम्लामा क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । जिल्ला कारागार कार्यालयका अनुसार २० जनाको क्षमता रहेको कारागारमा १५ जना कैदी र २२ जना थुनुवा गरी ३७ जना कैदीबन्दी रहेका छन् । दुई ओटा भवन रहेको कारागारमा १० जना पुरूष र १० जना…
विषयगत शिक्षकको अभावमा बहिरा कक्षा सञ्चालनमा समस्या
कर्णाली उच्च मावि अनामनगर जुम्लामा सञ्चालित विशेष शिक्षा अन्तर्गत बहिरा कक्षा सञ्चालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रूपमा सञ्चालनका लागि विषयगत र तालिम प्राप्त शिक्षकको अभाव भएपछि समस्या भएको हो । विद्यालयद्वारा कात्तिक ३० गते आयोजित विशेष शिक्षा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरूले उक्त समस्या बताएका हुन् ।…