मानव अधिकार दिवसको सन्दर्भमा वक्तृत्वकला
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेक, कर्णाली एकीकृत ग्रामीण अनुसन्धान विकास केन्द्र (किर्डाक) र हिमाली ग्रामीण युवा विकास केन्द्र (रिसडेक)को संयुक्त आयोजनामा मङ्सिर २४ गते निम्न माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । 'सबैको घर घरमा मानव अधिकार, विकास र शान्तिको आधार' भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव…
संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन
सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन र पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्तावका विरुद्ध नेकपा एमाले मुगुले सत्तापक्षका दलले गरेको यो निर्णय राष्ट्रघाती तथा राष्ट्र विरुद्ध भएकाले प्रस्ताव फिर्ता लिन प्रदर्शन…
बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित दाहा गाविस-४ का ५८ वर्षीय नमराज शाहीलाई मङ्सिर २२ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक १८ गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै जिल्ला…
अपाङ्गता परिचय-पत्र नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
निवेदन दिएको एक वर्षसम्म अपाङ्गता परिचय-पत्र नपाएपछि दाहा गाविस-९ की १४ वर्षीया लक्ष्मी मल्ल सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । जिल्ला अस्पताल कालीकोटले ०७२ मङ्सिर ७ गते शरीरको तल्लो भाग नचल्ने भएकाले पीडित लक्ष्मी मल्ललाई परिचय-पत्र दिन सिफारिस गरेको भए पनि महिला तथा बालबालिका कार्यालय प्रमुख सीता थापासँग सामान्य…
घरेलु हिंसा गरेको ठहर गर्दै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला
कट्टी गाविस-५ की १९ वर्षीया लक्ष्मीकुमारी सिंहलाई परिवारजनबाट घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले घटनामा संलग्न ४६ वर्षीया सासू अमृता शाही, ४९ वर्षीय ससुरा जयबहादुर शाही र २३ वर्षीय पति ललितबहादुर शाहीबाट पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मङ्सिर २१ गते…
पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी
श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ जसवीर लुवारले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका छन् । पीडित महिलालाई डोरीले घाँटी कसेर मङ्सिर ९ गते हत्या गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका…
स्वास्थ्य चौकीमा एक महिनादेखि स्वस्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती
सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मदाना गाविसस्थित स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । मदना स्वास्थ्य चौकीमा विगत एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या भएको मदना गाविस-४ का स्थानीयबासी चन्द्रमणी ढकालले गुनासो गरेका छन् । उनले भने-'स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा ज्येष्ठ नागरिक, गर्भवती महिला,…
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी
त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ । कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले 'बोक्सी' भन्दै…
पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार
धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मदिरा सेवन गरी घर आएका आरोपितले मङ्सिर १५ गते कुटपिट गरी हत्या गरेको छिमेकीहरूले सूचना दिएपछि अनुसन्धानका लागि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको डिएसपी श्यामबहादुर खत्रीले…
जातीय विभेद गरेको घटनामा मिलापत्र
त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेपनि मङ्सिर १७ गते दुवै पक्षबिच मिलापत्र गराएको छ । घटनाका सम्बन्धमा प्रहरी चौकी त्रिपुराकोटमा भएको छलफलमा आरोपितले पीडित समक्ष गल्ती स्वीकार…