धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार 

लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी जाजरकोट छेडागाड नपा-५ की २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा वैशाख २३ गते हत्या गरेको आरोपमा प्रहरीले जाजरकोट छेडागाड नपा-५ का २४ वर्षीय भगत वादीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । सुर्खेतको लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी २० वर्षीया रामकली…

May 9, 2017  
निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते

मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार घटनास्थलमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको छ । सदरमुकामबाट…

May 8, 2017  
निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत बालिबालिकाको प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । वारेकोट गाउँपालिकामा एमाले र काङ्ग्रेस पार्टीको झण्डा र टिसर्ट लगाई बालबालिकाहरू निर्वाचन प्रचारमा हिँडेका छन् । राजनीतिक दललाई आचारसंहिता पालना गर्न पटकपटक अनुरोध गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले यस विषयमा…

May 8, 2017  
निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत निष्पक्ष बन्नुपर्छः आयुक्त शाह

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतलाई निर्वाचन आयुक्त सुधिरकुमार शाहले निर्देशन दिएका छन् । आयुक्त शाहले वैशाख २३ गते जिल्ला निर्वाचन कार्यालय जाजरकोटले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदान अधिकृतहरूका लागि आयोजना गरेको तालिममा सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् । आयुक्त…

May 6, 2017  
नेपाली काङ्ग्रेसको अभियानमा गएका कार्यकर्ता मृत भेटिए

नपाली काङ्ग्रेसको चुनावी अभियानमा गएका सर्केगाड गाउँपालिका-८ का ३९ वर्षीय बक्त ऐडी मृत अवस्थामा भेटिएका छन् । राहादेव गाउँमा वैशाख २१ गते बिहान नेपाली काङ्ग्रेसको अभियानमा गएका ऐडी वैशाख २२ गते सर्केगाड गाउँपालिका-६ को बराई गाउँमा मृत अवस्थामा भेटिएको उनका आफन्त भैबहादुर ऐडीले बताए । ऐडीका अनुसार बराई गाउँमा सो…

May 6, 2017  
एमाले उम्मेदवारका घरमा गोली प्रहार

खडाचक्र नपा-८ निवासी एमाले पार्टीका वडा अध्यक्ष उम्मेदवार ३६ वर्षीय आदिचन्द्र चौलागाईँको घरमा ०७४ वैशाख २२ गते राति अज्ञात व्यक्तिको समूहले गोली प्रहार गरेको एमाले कालीकोटले जनाएको छ । घटना सम्बन्धमा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले घोर निन्दा गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेका छन् ।…

May 6, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा माओवादी केन्द्रको चुनावी सभामा रोक

माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख २१ गते रोक लगाएका छन् । माओवादी केन्द्रका सोही गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिप शाहीको नेतृत्वमा चुनावी घरदैलो अभियानमा आएको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्माणको नेतृत्वमा ३०/४० जनाको समूहमा…

May 5, 2017  
खाद्यान्न सङ्कट भएपछि महङ्गोमा चामल किन्न बाध्य

विगत तीन महिनादेखि खाद्य संस्थानले चामल वितरण नगरेपछि हुम्लामा खाद्यान्न सङ्कट भएको छ । जिल्लामा खाद्यान्न सङ्कट भएपछि स्थानीयबासीले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँमा किन्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीयबासी मानबहादुर थापाले गुनासो गरे । खाद्यसंस्थान शाखा कार्यालयमा २५ किलो चामलको १ हजार ३ सय ८० रुपियाँमा…

May 5, 2017  
एमाले चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताको आक्रमण

कुशे गाउँपालिका-१ काफलवाटामा नेकपा ऐमालेले गरेको चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताले आक्रमण भएको एमालेले जनाएको छ । सभामा एमालेका कार्यकर्ता चुनावी घोषणा पत्र पढिरहेका बेला काङ्ग्रेसका कार्यकर्ता पृथीबहादुर शाहीको नेतृत्वमा आएको टोलीले आक्रमण गरी आफ्ना तीन जना कार्यकर्ता गम्भीर घाइते बनाएको नेकपा एमाले पार्टी सचिव प्रेमप्रसाद घर्तीले बताए । घर्तीका अनुसार…

May 5, 2017  
विद्यालयमा शारीरिक दण्ड सजाय दिएको विरोध गरेपछि एक हप्तादेखि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य नगरेको आरोपमा सोही विद्यालयका शिक्षक जुनराज हमालले कुटपिट गरेको विषयमा अभिभावकले विरोध जनाएपछि उक्त विद्यालयमा एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा वैशाख १२ गते शिक्षक हमालले कक्षा १०…

May 2, 2017