अनुदानको नुन महङ्गोमा विक्री हुँदा स्थानीयबासी मर्कामा
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत जिल्लाबासीलाई अनुदानमा दिने आयोडिनयुक्त नुन व्यापारीले खरिद गरेर महङ्गोमा विक्री गर्दा स्थानीयबासी मर्कामा परेका छन् । साल्ट ट्रेडिङले जिल्लाका बासिन्दालाई आयोडिनयुक्त नुन प्रति किलो नौ रुपियाँमा विक्री गर्ने गरेको भएपनि सदरमुकाम बाहिरका व्यापारीले ५० देखि ६० रुपियाँमा विक्री गर्ने गरेको स्याडा गाविस-९ का स्थानीयबासी काल्चे सिंहले…
कर्णालीबासी कुपोषणको शिकार कहिले सम्म ?
'मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।'-नौ महिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह-३, कालिकोटकी सीता विकले स्वास्थ्य चौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । आफ्नो बच्चाको अवस्थाबाट चिन्तित् सीताले भनिन्-'कुपोषणसँग हामी कहिलेसम्म लड्ने ? उनको भनाइबाट सीताको भनाइले कर्णालीमा…
इन्सेकको पहलमा विद्यालको पठन पाठन सुचारु
विद्यार्थीहरूकै अगुवाईमा लगाइएको तालाबन्दीका कारण विगत १९ दिनदेखि बन्द रहेको वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालय इन्सेकको पहलमा माघ ९ गतेदेखि पठनपाठन सुचारु गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठनको विवाद समाधान हुनाको साथै विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई अन्यत्र काज सरुवा गरेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफैँले लगाएको ताला खोलिदिएका…
शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दर्ता
२० वर्षीया महिलालाई विगत दुई महिनादेखि एक होटलमा बन्धक बनाएर सामूहिक यौन शोषण गरेको आरोपमा पीडित पक्षले माघ ७ गते आरोपितविरुद्ध काराहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ७ गते उजुरी दर्ता भएको छ । देपालगाउँ गाविस-६ का २८ वर्षीय नन्दप्रसाद आचार्य, २७ वर्षीया यशोदा आचार्य, ३१ वर्षीय रुद्र…
गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि 'हेलिकप्टर चार्टर'
गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर 'हेलिकप्टर चार्टर' गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् । दुईतले घरको भर्याङ्बाट लडेर ढाडमा गम्भीर असर परेर सख्त घाइते भएकी पीडित लिमी गाविस-५ की ७० वर्षीया कुञ्जे लामाको ज्यान जोखिममा परेपछि उनका परिवारले ६ लाख ७५ हजार रुपियाँ खर्चेर…
व्यवस्थापन समिति गठन विवादका कारण १५ दिनदेखि बहिरा विद्यालय बन्द
वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको कारण सो विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनु पर्ने माग राखी विद्यार्थीहरूले नै तालाबन्दी गरेपछि उनीहरू पठनपाठन गर्नबाट वञ्चित भएका हुन् । कक्षा ७ सम्म अध्यापन हुने सो विद्यालयका ६५ जना…
जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या
जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक औषधिहरू सिटामोल, डिकोल्ड, वुस्कोपान, मेट्टो, एसिलक्स, वुस्कोपान इन्जेक्सन, कोटि्रललगायतका औषधिहरूको अभाव रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मोहम्मद ओजिर आलमले जानकारी दिए । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि गाउँका स्वास्थ्य…
स्थानीयको विरोधका कारण नवौँ गाँउ परिषद स्थगित
सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीयले विरोध गरेपछि डाँडाफया र रोडिकोट गाउँ विकास समितिको नवौँ गाँउ परिषद स्थगित गरिएको छ । गाउँ विकास समितिका सचिवले चौमासिक रूपमा वितरण गर्नु पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीय नागरिकले गाँउ परिषद गर्न नदिएपछि परिषद वैठक स्थगित गरिएको हो । डाँडाफया…
हुम्ला जिल्लाका डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन
हुम्लामा डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कार्यालय प्रमुखहरू जिल्लामा नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलयमा औषधि उपचार गर्न जाँदा डाक्टर नभएको भन्दै स्थानीयबासी त्यसै घर फर्कनु परेको विष्णुबहादुर शाहीले बताए । तरकारीको बिउविजन ल्याउन जाँदा कृषि कार्यालयमा कार्यालय प्रमुख नभएकाले बिउ…
सशस्त्र द्वन्द्वमा प्रयोग भएका हतियार गाउँगाउँमा भेटिए
जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको छ । प्रहरीले यो अवधिमा सबै किसिमका गरी २ हजार ९ सय ८५ थान हतियारहरू बरामद गरेको एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।…