कर्मचारी आन्दोलनमा प्रहरी हस्तक्षेप, दुई जना घाइते

स्थानीय निकायका कर्मचारीहरूले गर्दै आएको आन्दोलनका क्रममा फागुन ३ गते जिल्ला विकास समितिको कार्यालयमा प्रहरीले गरेको हस्तक्षेपका काराण तीन जना घाइते भएका छन् । शान्तिपूर्ण रूपमा धर्नामा बसेका बेला एक्कासी प्रहरीले हस्तक्षेप गर्दा शारदा नपा-३ तल्लोबजारकी ४२ वर्षीया बिन्दु श्रेष्ठ, सोही ठाउँकी ३६ वर्षीया अमृता शाक्य घाइते भएको स्थानीय निकाय…

February 14, 2017  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डा गाविस-६ का १८ वर्षीय लक्ष्मण शाहीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले फागुन २ गते गरेको फैसलामा ६ वर्षकैदको अलावा पीडितलाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने आदेशसमेत भएको अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले जानकारी दिए ।…

February 14, 2017  
'यातना होइन प्रमाण दरिलो बनाउ'-आयोग सदस्य पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नेपालमा अझै पनि यातना दिएर आरोपित व्यक्तिलाई सावित गराउने गरेकोमा आयोगको ध्यानाकर्षण भएको बताएका छन् । चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनको अवस्थाका विषयमा दैलेखमा भएको अन्तरक्रियामा सदस्य पौडेलले यातना होइन मुद्दा दरिलो बनाउन प्रमाण जुटाउन सुझाव दिए । उनले मानव अधिकारको…

February 12, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

नारायण नपा-७ जार्जेखोलाकी २२ वर्षीया कल्पना थापाले आफू घरमा हुँदाहुँदै २६ वर्षीय पति गणेश खत्रीले रानीवन गाविस-१ एकपाटेकी २१ वर्षीया सीताकुमारी सिंहलाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ २९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस २ गते बहुविवाह गरेको आरोपमा जेठी पत्नी कल्पना थापाले माघ २६ गते जिल्ला प्रहरी…

February 11, 2017  
आयोगमा दर्ता भएका उजुरी सम्बन्धमा अनुसन्धान सुरु

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगको मानव अधिकार अनुगमन टोलीले माघ २८ गते डोल्पा जिल्लामा पुगेर अनुसन्धान सुरु गरेको जनाएको हो । आयोगका मानव अधिकार अधिकृत…

February 11, 2017  
हत्या गरेको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा रोल्पा लिवाङ नपा-४ घर भई जिल्ला प्रहरी कार्यालय जाजरकोटस्थित मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय कमल बिकलाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ…

February 9, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया एक युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको एवम् बेचबिखन तथा ओसारपसार गरेको आरोपमा देपालगाउँ गाविस-६ की २६ वर्षीया कालीका आचार्य र सोही ठाउँका ३५ वर्षीय  गोविन्द उपाध्यायलाई प्रहरीले माघ २६ गते घरैबाट गिरफ्तार गरेको छ । घटनाका अन्य आरोपित भने अझै फरार रहेको प्रहरीले जनाएको छ । देपालगाउँ…

February 9, 2017  
फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार

वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ । घरमा रहेकी फुपूलाई माघ २५ गते लाठीले हिर्काइ हत्या गरी घरबाट करिब ३० मिटर टाढा खोल्सामा रूखका पातहरूले छोपेको अवस्थामा शव…

February 9, 2017  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय  सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी जबरजस्ती…

February 9, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले आरोपमा धनबाङ्ग गाविस-८ का ७४ वर्षीय जीवलाल बोहरालाई माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले बताए । पीडित बालिकालाई आरोपितले माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित…

February 7, 2017