अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने-'पेट्रोल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयमा क्षति पुगेको छ ।' आगजनी भएको खबर प्राप्त भएपछि नेविसङ्घमा आवद्ध…

March 2, 2017  
एक महिनादेखि औषधि नभएपछि बिरामी उपचारबाट वञ्चित

स्याँडा गाविसको स्वास्थ्य चौकीमा माघको १५ गतेबाट औषधि नभएपछि औषधि उपचारमा पुगेकाहरू रित्तो हात घर फर्कन बाध्य भएको स्याँडा गाविस-६ की प्रेमकला बुढाले गुनासो गरिन् । सो स्वास्थ्य चौकीमा सिटामोल बाहेक अन्य कुनै पनि औषधि नहुँदा यतिखेर स्याँडा गाविसका कम्तीमा पनि दिनको ३० देखि ४० जना बिरामी औषधि उपचारबाट वञ्चित…

March 2, 2017  
जनस्वास्थ्य कार्यालयमा मानव अधिकारकर्मीलाई प्रवेशमा रोक

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई फागुन १८ गते कार्यालय प्रवेशमा रोक लगाएको छ । हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारमैत्री काम गर्न अनुरोध गर्ने क्रममा जिल्ला जन स्वास्थ्य कार्यलय हुम्लाको फार्मेसीमा पुगेको टोलीलाई निरीक्षण गर्नबाट…

March 2, 2017  
जिल्ला परियोजना सल्लाहकार समिति गठन

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत फागुन १८ गते वीरेन्द्रनगरमा परियोजनाका बारेमा जानकारी आदानप्रदान तथा जिल्लास्तरीय परियोजना सल्लाहकार समित गठन गरिएको छ । कार्यक्रममा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी अमृत लम्साल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कालिकाप्रसाद कोइराला, जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील केसी, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जिल्ला…

March 1, 2017  
समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की

मिसन इन्युज अनलाइनका सम्पादक एवम प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष सिप्खाना गाविस-४ का पवित्रकुमार शाहीलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण बम, जिल्ला अध्यक्ष प्रमानन्द आचार्य र जिल्ला सदस्य मनसिंह शाहीले फागुन १७ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले आरोप लगाएका छन् । 'स्ववियु निर्वाचन अधिकृतलाई कालो मोसो' शीर्षकमा मिसनइन्युज…

February 28, 2017  
विद्यार्थीबिच झडप, तीन जना घाइते

स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसङ्घ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबिच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । [caption id="attachment_3722" align="aligncenter" width="640"] थिर्पू गाविस-५ का घाइते विद्यार्थी १७ वर्षीय मन्दिरराज रोकाया[/caption] माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य लक्ष्मण बमको नेतृत्वको टोलीले ढुङ्गा प्राहर गर्दा मान्म…

February 27, 2017  
मानव अधिकारकर्मीको टोलीद्वारा मानव अधिकारमैत्री काम गर्न सरकारी कार्यालयलाई अनुरोध

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा मानव अधिकारकर्मीको टोलीले हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारमैत्री काम गर्न अनुरोध गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोगको उप क्षेत्रीय कार्यलय जुम्ला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले छलफल गरेको हो…

February 24, 2017  
दुई महिनादेखि धैनकोट स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन

धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयले आरोप लगाएका छन् । धैनकोट गाविसको स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्तोष मल्ल र सुरेन्द्र शाह मङ्सिर महिनामा सरुवा भएर अन्यत्र गएपछि रिक्त रहेको दरबन्दीमा जिल्ला स्वास्थ्य कार्यालयले अन्य स्वास्थ्यकर्मीलाई पठाउन नसक्दा स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन बनेको हो । स्वास्थ्य चौकीका दुवै…

February 24, 2017  
खानेपानीको पाईप बिछ्याउँदै गरेका अभियान्तामाथि प्रहरीद्वारा कुटपिट

निर्माणाधीन दैलेखबजार खानेपानी आयोजनाको पाईप बिछ्याउने काममा जुटेका दैलेखबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ५४ वर्षीय अध्यक्ष बलराम श्रेष्ठ, ४५ वर्षीय कोषाध्यक्ष भरतबहादुर थापा, ३७ वर्षीय मर्मतसम्भारकर्ता टेकबहादुर खत्री र २३ वर्षीय गाडी चालक शङ्कर भट्टराईलाई प्रहरी हवल्दार नन्दबहादुर बुढाको टोलीले फागुन ६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको…

February 18, 2017  
जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पठनपाठन भएन

जुम्लामा माघ २५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन भएको छैन । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थी भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थीहरू विद्यालयमा नियमित उपस्थित नहुँदा जुम्लाका सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन हुन नसकेको हो । ग्रामीण भेगमा रहेका विद्यालयरू…

February 18, 2017