गाउँपालिका जान तुइनको भर

नेपाल सरकारले तुइन मुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले नदी वारपार गर्न अझै तुइनकै भर पर्नुपरेको छ । दैनिक गाउँपालिकाको कार्यालयमा आउन जानका लागि तुइन चढेरै कर्णाली नदी तर्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि नै गुनासो गर्छन् । जनप्रतिनिधि मात्र नभइ स्थानीयले पनि खेतबारीको कामसँगै घाँस, दाउरा…

April 6, 2019  
सिटामोल छ, स्वास्थ्यकर्मी छैनन् स्वास्थचौकीमा !

नजिकैको स्वास्थ संस्थामा स्वास्थकर्मी नहुँदा खार्पुनाथ गाउँपालिका–३ का सामान्य रोगका बिरामीलाई पनि जिल्ला अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ । गाउँपालिका बासिन्दा बिरामी हुँदा उपचारका लागि नजिकै रहेको रायाँ स्वास्थ्यचौकीमा पुगेपनि स्वास्थकर्मी नहुँदा सामान्य बिरामीलाई पनि सदरमुकाम जानुपर्ने बाध्यता हुने गरेको स्थानीय मानबहादुर परियारले बताए । बिरामी बुवालाई सिमकोटबाट औषधि…

March 29, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिराफ्तार

२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले चैत ११ गते गिराफ्तार गरेको छ । पीडित पक्षले काठमाडौँ महानगरीय प्रहरी परिसरमा चैत ४ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले गिराफ्तार गरेको डिएसपी रामप्रसाद…

March 25, 2019  
पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । रोकाया एक वर्षदेखि र रावल पाँच महिनादेखि घर विदामा भनी गएर नफर्कँदा गर्भवती महिलालाई स्वास्थ जाँच गराउन समस्या भएको छ । दरबन्दी रहेका दुवै अनमी विदामा गएर नफर्कँदा…

March 25, 2019  
पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण

गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ । कक्षा एकदेखि पाँचसम्म रहेको उक्त अमरसिंह प्राविमा नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना एक हप्ता बितिसक्दा समेत नियमित पठनपाठन नहुँदा समस्या भएको अभिभावक संघका…

March 22, 2019  
हुम्लाका न्यायिक समितिमा ३ सय ७१ उजुरी, अधिकांश उजुरी मिलापत्रमा टुङ्गिए

हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका छन् । सातओटा गाउँपालिकामध्ये तुलनात्मक रूपमा जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा सबै भन्दा बढी २ सय उजुरी परेका छन् भने सबैभन्दा कम लामा समुदाय भएको नाम्खा गाउँपालिकामा पाँच ओटा मात्र…

March 21, 2019  
अपाङ्गताको परिचयपत्र नपाउँदा १ सय ७ व्यक्ति विभिन्न अवसरबाट वञ्चित

डेढ वर्षदेखि अपाङ्गताको परिचयपत्र नपाउँदा विभिन्न अवसरबाट वञ्चित भएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । विगतमा महिला तथा बालबालिका कार्यालयबाट दिइने गरिएको यस्तो परिचयपत्र कार्यालय खारेज भएसँगै वितरण रोकिएको डेढ वर्ष पुगिसकेको छ । जिल्लाका सात ओटै गाउँपालिकाका १ सय ७ जना अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र नपाउँदा सामाजिक…

March 18, 2019  
शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी

सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएका छन् । प्राथमिक तहका शिक्षक शिक्षक धनबहादुर परियार फागुन २ गतेदेखि विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको भन्दै गुनासो सुनुवाइका लागि प्रशासनमा उजुरी दिएको…

March 14, 2019  
बजेट अपुग भएपछि सुत्केरी महिला उत्प्रेरणा भत्ताबाट वञ्चित

बजेट अपुग भएको भन्दै जिल्लाको सर्केगाड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले सुत्केरी उत्प्रेरणा भत्ता वितरण नगर्दा एक वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला उत्प्रेणा भत्ताको सुविधाबाट बञ्चित भएका छन् । एक वर्षयता सुत्केरी गराउने १ सय ५० जना महिला प्रसूति भत्ता पाउनबाट बन्चित भएका हुन् । सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँकी सुनिता…

March 6, 2019  
चार महिनादेखि स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ

नाम्खा गाउँपालिका–३ मुचु स्वास्थ्यचौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएपछि बिरामीलाई हेलिकप्टरद्वारा उद्दार गरिएको छ । हेलिकप्टरद्वारा उद्दार गरिनेमा नाम्खा गाउँपालिका–३ मुचु गाउँकै ४९ वर्षीया छैटोल लामा रहेकी छन् । बिरामी लामालाई एक महिनादेखि पेट र पाठेघरसम्बन्धी रोग लागेको भए पनि मुचु स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि घरमै रोग पालेर थला परेकी थिइन्…

March 5, 2019