हुम्लाका २० ओटा मतदान केन्द्र सञ्चारविहीन !

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये २० ओटा मतदान केन्द्र सञ्चारविहीन रहेका छन् । नाम्खा गाउँपालिकाका १० ओटा, ताँजाकोट गाउँपालिकाका दुई ओट, सर्केगाड गाउँपालिकामा पाँच, चङ्खेली गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकामा एउटा मतदान केन्द्र सञ्चारको सुविधाबाट विमुख…

November 7, 2017  
१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । सुरक्षा सम्वेदनशीलताको आधारमा अति सम्वेदनशील मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न…

November 5, 2017  
पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने स्थानीयबासीको माग

ताँजाकोट गाउँपालिका-२ मासपुरका स्थानीयबासीले पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र हिमालय प्रावि मासपुरमा भएको बताउँदै यसपटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी धर्मजित शाहीले आरोप लगाए । मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै ताँजाकोट गाउँपालिका-१ का स्थानीयबासीले कात्तिक १३ गते…

November 3, 2017  
स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी

खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको टाउकोमा चोट लागेर तीन ओटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्वास्थ्य कार्यालयमा कर्मचारी नआएपछि सो स्वास्थ्य चौकीमा कात्तिक १४ गतेबाट ताला लगाइएको स्थानीयबासी कमल शाहीले बताए । विगत एक…

November 3, 2017  
हुम्लाका ३१ सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

जिल्लामा स्थापित ३९ मध्ये ३१ सरकारी कार्यालय प्रमुखविहीन रहेका छन । दसैँ विदा भन्दा अगाडि नै जिल्ला छाडेका ती कार्यालय प्रमुखहरू हालसम्म जिल्लामा फिर्ता नहुँदा कार्यालयहरू प्रमुखविहीन भएका छन् । जसका कारण सेवाग्राही मर्कामा परेका छन । दसैँ विदा सकिएको तीन हप्ता भै सक्दा पनि प्रमुखविहीन रहेका जिल्लाका सरकारी कार्यालयहरूमा…

October 25, 2017  
बजारमा म्याद नाघेका सामान विक्री हुँदा उपभोक्ता मारमा

जिल्लाको सदरमुकाम सिमकोटका पसलमा म्याद नाघेका बिस्कुट, चाउचाउ, हलुवा पकाउने पिठो, तेल, मसला, चिउरालगायतका सामग्री व्यापारीले विक्री वितरण गरेपनि सम्बन्धित निकायबाट अनुगमन नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले सदरमुकामस्थित बजारमा रहेका पसलमा एक वर्षदेखि अनुगमन नगर्दा अधिकांश पसलमा म्याद नाघेका सामान विक्री वितरण भएको स्थानीयले आरोप लगाएका…

October 18, 2017  
खाद्य संस्थानद्वारा अनुदानका लागि दिनु पर्ने चामलमा लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता

कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा नेपाल सरकारले अनुदानमा दिने भनिएको चामल खाद्य संस्थानले अनुदानमा उपलब्ध नगराएको विषयमा इन्सेकको पहलपछि उक्त रकम फिर्ता गर्ने नेपाल खाद्य संस्थानले जनाएको छ । यस विषयमा नेपाल खाद्य संस्थान, प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालालाई इन्सेकले जानकारी गराई असोज २३ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित गरिएको थियो…

October 14, 2017  
स्वास्थ्यचौकीबाट 'म्याद' गुज्रेका औषधि वितरण

स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि प्रयोग गरिरहेको फेला परेको छ । चीनको स्वःशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने तिल, हल्जी र जाङ्ग गरी तीन गाउँको बीचमा भएको लिमी स्वास्थ्यचौकीबाट 'म्याद' सकिएका औषधीहरू बिक्री…

October 10, 2017  
हुम्लामा चामलको अभाव, थाल बजाएर आन्दोलन

नेपाल सरकारले लामो समयसम्म हुम्लामा पठाउने सहुलियतको चामल नपाएको भन्दै जिल्ला समन्वय समिति पदाधिकारीहरूले असोज २४ गते थाल बजाएर विरोध जनाएका छन् । राज्यको ध्यान आकर्षण गर्न आज थाल बजाएर विरोध जनाएको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए । नेपालीहरूको महान चाड बडादसैँमा समेत सहुलियतको चामल नपाएको भन्दै विरोध…

October 10, 2017  
पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित

शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दासमेत हुम्लामा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिकास्थित कर्णाली मावि, कान्ती निमावि, कैलाश मावि, सैपाल हिमाल मावि, मानसरोवर मावि, बालमन्दिर मावि, भिमसिङ्ग प्राविमा पाठ्यपुस्तकको अभाव भएको छ । यसैगरी खार्पुनाथ गाउँपालिकास्थित सिता मावि, मालिका मावि, हुम्ला मावि, मानधारा मावि र…

October 10, 2017