औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर
हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा गाउँपालिकामा आँखा चिलाउने, रातो हुने, बिजाउने, पछि आँखा पाक्ने लक्षण देखिने रोगबाट बालबालिका बिरामी पर्न थालेको खार्पुनाथ गाउँपालिका-४ की जौकला टमटाले बताइन् । अहिले प्रत्येक वडामा १० देखि १५ जना…
इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्
माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट खाने व्यवस्था र ओढने, ओछ्याउने कपडा सहयोग पाएकी छन् । पीडितले इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहलाई आफू अन्यायमा परेको बताउँदै न्यायको लागि पहल गर्न असार १३ गते…
विद्यालयमा शिक्षक नियमित नहुँदा पठनपाठन प्रभावित
सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट गाउँपालिका-८ स्थित उक्त विद्यालयमा सात जना शिक्षक कार्यरत रहेकोमा व्यक्तिगत कामले शिक्षकहरू विद्यालयमा नियमित नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका सदस्य…
पाँच केजी चामलको कुपन लिन चार घण्टा लाइनमा बस्नु पर्ने स्थानीयबासीको गुनासो
हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् । जिल्लामा पाँच महिनापछि नेपाल खाद्य संस्थानले खाद्यान्न विक्री गर्ने भएपछि चामलको कुपन लिन सदरमुकाम सिमकोटमा करिब ५ सय स्थानीयबासीले लामो समय लाइनमा बस्नु परेको हो । चार घण्टा लाइनमा बसेपछि खाद्यान्नको…
नत गास नत बास, जिउनु न मर्नु !
आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! ती महिलाको यसैरी नै एक्लै बसेर दिनचर्य चलिरहेको छ । उनी यसैगरी…
चामल माग्न हुम्ली जनता सिंहदरवार
काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न असार १५ गते सिंहदरवार गएका छन् । सरकारले विकास निर्माणलाई स्थानीय तहमा प्रशस्त बजेट पठाए पनि प्रतिनिधि भने चामल नपठाएको भन्दै आक्रोशित भएका छन् । हुम्ली जनतालाई विकासभन्दा बिहान बेलुका…
खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन
पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११ गते जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । गणेशबहादुर महतको संयोजकत्वमा इन्सेक प्रतिनिधि नन्द सिंहलगायतका १७ जना सञ्जालमा सदस्य रहेका छन् । जिल्ला तहमा खाद्य, शिक्षा र यातायात क्षेत्रमा देखिएका…
बाढीले काठेपुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित
खार्पूनाथ गाउँपालिका-३ स्थित कारङ्गा खोलाको काठेपुल बाढीले बगाउँदा हुम्ला मावि रायामा पठनपाठन गर्ने कारङ्गा गाउँका २० जनाभन्दा बढी बालबालिका १८ दिनदेखि विद्यालय जानबाट वञ्चित भएका छन् । कारङ्गा खोलामा रहेको काठेपुल जेठ २५ गते परेको अविरल वर्षाले बगाएपछि उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई आवतजावतका लागि समस्या भएको स्थानीयवासी रती सुनारले गुनासो…
गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव
'घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्य चौकीमा लगातार तीन दिन गएँ । तर, त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर…
स्वास्थ्य चौकीमा औषधि अभाव बिरामी मर्कामा
सदरमुकाम सिमकोटबाट एक दिन पैदल यात्रामा पुगिने खार्पुनाथ गाउँपालिका-३ स्थित राया स्वास्थ्य चौकीमा जेठ १० गतेबाट औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट आउनु पर्ने औषधि नआएपछि स्वास्थ्य चौकीमा औषधि अभाव भएको बताइएको छ । झाडापखाला लागेका बिरामीलाई दिइने औषधि स्वास्थ्य चौकीमा नभएपछि खार्पुनाथ गाउँपालिका-३ का ३५ वर्षीय हर्क…