नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो

हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् । हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए । सात ओटा…

February 7, 2018  
औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना

सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई…

February 2, 2018  
विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित

हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो । नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको…

January 31, 2018  
हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरू माघ महिनाको ८ गतेसम्म पनि जिल्लामा नर्फकँदा स्थानीयबासीले समस्या भोग्नु परेको हो । हिउँद लागेसँगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरूमा जिल्ला निर्वाचन कार्यालय,…

January 22, 2018  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् । हुम्ला र मुगु दुवै जिल्लाका स्थानीय तहले कर उठाएको भन्दै उनीहरूले ०७४ पुस २७ गतेबाट नून, तेल र चामललगायतका खाद्यान्न बोकेका ३ सय खच्चर रोकेर राखेका…

January 21, 2018  
सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । जिल्लामा सात महिनादेखि चामल वितरण नभएको खाद्य संस्थान शाखा कार्यालयबाट माघ ३ गतेदेखि बजारको कोटा भाग र सिमकोट…

January 17, 2018  
हुम्लामा ४ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको स्थानीयबासीको गुनासो

हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा चार महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा स्थानीयबासी मर्कामा परेका छन् । आर्थिक वर्ष०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने प्रवधान रहेको भए पनि हालसम्म वितरण नभएको स्थानीयबासीको गुनासो रहेको छ । चौमासिक रूपमा वितरण गर्दै आएको सुरक्षा भत्ता चालु आर्थिक…

January 14, 2018  
जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ । आफू घरमा रहेको अवस्थामा पुस २७ गते रूपसिङ र सुशीलले दलित भन्दै कुटपिट गरेको नैनसिंहले आरोप लगाएका छन्…

January 12, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपित सुवासकी २३ वर्षीया पत्नी सुशीला सिंहले प्रहरीसमक्ष आरोपितद्वय मङ्सिर १८ गते गाउँबाटै भागेर विवाह गरेको उजुरी दिएकी थिइन् । पीडित महिलाले पुस २५ गते आरोपितद्वयको खोजी कार्य गरी छलफल गरिपाउँ…

January 6, 2018  
जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु

हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ बिरामी परेका छन् । हुम्लाको जिल्ला जनस्वास्थ्य कार्यालयमा सिटामोलसमेत नभएपछि स्थानीयबासी प्रत्यक्ष मर्कामा परेका छन् । सबैजसो बिरामीमा स्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने, बान्ता हुने जस्ता लक्षण…

January 2, 2018