जिल्ला प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् । प्रशासन कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा हाल तीन जनामात्र कार्यरत छन् । प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा नागरिकता, 'सिमापास'का लागि पासपोर्ट, संस्था दर्ता, संस्था नविकरण र खाद्यान्न कुपन जस्ता काममा समस्या…

March 28, 2018  
खानेपानीको धारो छुन नदिएपछि दलित समुदाय पीउने पानीबाट वञ्चित

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका-३ का दलित समुदायलाई कथित माथिल्लो समुदायले खाने पानीको धारो छुन नदिएपछि अणीखोला गाउँका २५ घरधुरीका दलित घरपरिवार पानी खानबाट वञ्चित भएका छन् । संविधानको धारा १८ को समानताको हक अन्तर्गत उपदफा २ ले धर्म, वर्ण, जात, जाति, लिङ्ग जातीय आधारमा कुनै विभेद नगर्ने कुरा उल्लेख गरेपनि…

March 25, 2018  
ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा आगलागी पीडित १९ दिनदेखि खुल्ला आकाशमुनी

ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा ताजाकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २४ घरधुरीका  आगालागी पीडित फागुन १८ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिसालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २४ घरधुरीका परिवार ध्वस्त भएपछि स्थानीय बिचल्लीमा परेका…

March 22, 2018  
खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेराबासी पीडित

सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका छन् । अहिले डेरामा बस्दै आएका व्यक्ति र घरपरिवारले तीन वटा कर तिरेपछि मात्र खाद्यन्न पाउने गरेका छन् । सिमकोट…

March 20, 2018  
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा शल्यक्रिया गर्ने बिरामीलाई समस्या

जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या परेको सर्केगाड गाउँपालिका-६ की मनकली रोकायले गुनासो गरेकी छन् । हुम्लामा एक मात्र यातायातको साधन रहेको हवाइजहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । अहिले मात्र नभइ जिल्ला अस्पतालको स्थापनादेखि नै अस्पतालमा सिलिण्डर नभएको अस्पतालले…

March 7, 2018  
छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ । नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै…

February 14, 2018  
हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सात वटा गाँउपालिकाका ४४ वडामध्ये २९ वडा कार्यालयका सचिवविहीन भएका छन् । एकातिर सचिव कम हुनु र अर्कोतिर खटाएका सचिव पनि अन्यत्रै सरूवा तथा काज मिलाएर जानाले हुम्लाका यति धेरै वडा कार्यालय सचिब बिहिन हुँदा…

February 13, 2018  
नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो

हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् । हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए । सात ओटा…

February 7, 2018  
औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना

सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई…

February 2, 2018  
विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित

हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो । नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको…

January 31, 2018